शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोरोना त्रासका बीच एबी मल ग्राहक वर्गको सेवामा समर्पित हुँदै
बैशाख २७, २०७७ | फिरोज शेख


कोरोना भाइरस कोभिड १९ का कारण विश्वका अधिकांश देश लकडाउनको अवस्थामा गुज्री रहेको छ । त्यसमा पनि युरोप र अमेरिकाको अवस्था अरु देशको तुलनामा निकै नाजुक देखिन्छ। र नेपाल पनि विगत ४७ दिन देखि लकडाउनको अवस्थामा छ । अहिले विशेष गरि स्वास्थ्य संस्था,सप्लायर्स ,खाद्यान लगायत अति आवश्यक सरकारी निकायहरु मात्र संचालनमा रहेका छन् भने अरु ठप्पै छ। अहिले आम्दानि भन्दा पनि आफु सुरक्षित भएर घरै बस्ने समय हो ।तर स्वास्थ्यकर्मी,सुरक्षाकर्मी ,खाद्यान सामग्री विक्री गर्ने पसलेहरु सेवामा जुटी रहदा सिरहाको गोलबजारमा संचालित प्रदेश २ कै पहिलो र एक मात्र सुविधा सम्पन्न एबी मल सिरहा सुपर मार्केट प्रालिले साबुन ,पानि ,सेनीटाइजरको व्यवस्थापन सहित सामाजिक दुरी कायम गरि २ /२ मिटरको दुरीमा गोलो घेरा बनाई सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी, संचारकर्मी लगायत अन्य उपभोक्ताका लागि सुलभ दरमा खाद्यान सामग्री उपलब्ध गराई रहेका छन।

एब मलका म्यानेजर पिन्टु राउतका अनुसार लकडाउनको अवस्थामा बजारमा कालो बजारी गर्नेहरुको बिगबिगी बढ्न थाले पछि दैनिक उपभोग्य सामान उपलब्ध गराउने उदेश्यले सरोकार बालाहरुको छलफल पश्चात सामाजिक दुरी कायम गरि बाहिरै एक -एक पिस खाद्यान सामग्रीहरु डीसप्ले गरि ८ जना कर्मचारी खटाई ग्राहक वर्ग लाई सुलभ दरमा  खाद्यान सामग्रीहरु २०७६ चैत्र १५ गते देखि नै उपलब्ध गराई रहेको अवस्थामा उपभोक्ताहरुको सल्लाह सुझाव संगै कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको प्रत्यक्ष मारमा परेका यस क्षेत्रका कृषकहरुको तरकारीहरु खरिद गरि उपभोक्ता वर्गलाई सुलभ दरमा उपलब्ध गराई रहेको बताउदै चाडै एउटा छुटै ब्लकमा ताजा खसीको मासु राखने व्यवस्था भइरहेको समेत जानकारी गराए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.