शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भारतीय कोरियोग्राफर सरोज खानको निधन

4 Views

असाड १९, २०७७ | फिरोज शेख

भारतीय कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयघाटको कारण शुक्रबार निधन भएको छ । मुम्बइस्थित गुरु नानक अस्पतालको उहाँको विहान १ बजेर ५२ मिनेटमा निधन भएको इन्डिया टिभी न्युजले जनाइएको छ । श्वासप्रश्वासमा गाह्रो भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । कोभिड १९ रिपोर्ट नेगेटिभ आएको थियो । दुई सय भन्दा बढी बलिउड चलचित्रमा कोरियोग्राफी गरिसक्नुभएको खानले सन् १९८३ मा फिल्म ‘हिरो’ मा कोरियोग्राफीको काम सुरु गर्नुभएको थियो । उहाँले कोरियोग्राफी गरेको अन्तिम चलचित्र भने ‘कंलक (२०१९) हो । तीन वर्षको उमेरदेखि नै विभिन्न चलचित्रमा नृत्य गरि आत्मनिर्भर रहनुभएको खानले दुई हजार गीतहरुमा कोरियोग्राफी गरिसक्नु भएको छ। उहाँको हवा हवाई, एक दो तीन, धकधक करने लगा, डोला रे डोरा, चने के खेतमे , निमुरा निमुरा , तल से ताल मिला , मेहदी लगा के राखना ,ये काली काली आँखे जस्ता गीतको नृत्य चर्चित रहेको छ । उहाँका श्रीमान, एक छोरा र दुई छोरी हुनुहुन्छ । शुक्रवार नै खानको अन्तिम संस्कार गर्ने पनि जनाइएको छ ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.