शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राष्ट्रिय झण्डा जलाउनेका विषयमा प्रहरी अनुसन्धान शुरु
भाद्र २, २०७७ | फिरोज शेख

 २०७७ काठमाडौं २ भदौ। युटुबबाट सार्वजनिक गरिएको एक म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान शुरु गरेको छ । मंगोल होप नेपाल नामक युट्युब च्यानलबाट जातीय द्वेष फैलाउँदै राष्ट्रिय झण्डासमेत जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएलगत्तै संलग्नहरुको खोजी सुरु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो । प्रवक्ता कडायतका अनुसार भिडियोमा देखिएका र त्यसको निर्माण पक्षमा सहभागी सबैको खोजी तीब्र पार्न देशभर सर्कुलर जारी गरिसकिएको छ ।
मुलुकी अपराध संहिता ऐनअनुसार राष्ट्रिय झण्डा जलाउने वा प्रयोग गर्नै नमिल्ने ठाउँमा प्रयोग गरिए र जातीय द्वेष फैलाउने कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसबाहेक भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न दलका शीर्ष नेताको पनि तस्बीर जलाइएको छ । प्रहरीले यसलाई गम्भीरताका साथ लिएको भन्दै संलग्नमाथि कानूनी व्यवस्था बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.