शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा प्रहरी द्वारा जुवा खेल्ने १२ जना पक्राउ
भाद्र ३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र ३ - 
सिरहा प्रहरीले कौडा जुवा खेल्ने १२ जना लाई पक्राउ गरेका छन । प्रहरीले धनगढीमाई नगरपालिका १३ भाल्टार स्थित जुवा खेलिरहेको अवस्थामा १२ जनालाई मंगलबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । पक्राउ पर्नेहरुमा सिरहा, सप्तरी र धनुषाका मानिसहरु रहेका छन् । पक्राउ परेका १२ जना कै नाम प्रहरीले सार्वजानिक गरेको छैन । उनीहरु कौडी लिएर जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेका अनुसार स्थानीय मदन बहादुर राईको झुपडी घरमा जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारको संयुक्त प्रहरी टोलीले छापामारी गरी उनीहरुलाई पक्राउ गरेको बताउनु भयो। 

प्रहरीले जुवा खेल्नेहरु बाट कौडा १६ थान , नेपाली रुपैयाँ ३ लाख ६३ हजार ६४०, भारतीय रुपैयाँ ४ हजार ८१०, हस्ताक्षर गरी राखिएको ४ लाख ४८ हजार ३७३ रुपैयाँको चेक संगै उनीहरुले प्रयोग गरीरहेको १४ थान मोबाइल बरामद गरि इलाका प्रहरी कार्यलय  लहानमा राखि थप अनुसन्धान कार्य भइरहेको सिरहा प्रहरी प्रवक्ता डिएसपी घिमिरेले बताए । 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.