शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्वर्गीय सदायको परिवारलाई किरिया खर्च सहयोग
भाद्र १२, २०७७ | सरगम खबर समाचारदाता

लाल बिहारी यादव लहान २०७७ भदौ १२ - 
सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं.६ का स्वर्गीय किसकुमार सदायको परिवारलाई माँ बौकिदेवी युवा क्लव सीतापुरले किरिया खर्च सहयोग गरेका छन् ।वैदेशिक रोजगारमा विभिन्न मुलुकमा खटिएका सितापुरका करिव ८० जना युवाहरुले आफ्नो तलब ज्यालाबाट केही रकम क्लवको नाममा जम्मा गरेर उक्त रकमबाट विभिन्न संकटमा परेका गरिव दलितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेका छन्। क्लवले २५ किलो दाल,५ किलो मुरही,१० किलो आलु ,५ लिटर खानेतेल , ५ प्याकेट पाँपड,१ किलो विभिन्न मसला,१ किलो चिप्स ,५ किलो नून र रु.दुइ हजार एक सय नगद मृतक सदाकि पत्नी सितादेवी सदालाई विहिवार जिम्मा लगाएका छन ।समानान्तर पदीय ओहदामा रहेका अरबिन्द साह,संजयकुमार साह,सुरेस साह,पंकज गुप्ता ,राकेश पासमान,उमेश पासमान,सुन्दर पासमान,शिवराम यादव,राकेश यादव लगायतको सक्रियतामा उक्त किरिया खर्च प्रदान गरिएको जनाइएको छ ।सदायको भदौ ६ गते शनिवार ३१ बर्षकै उमेरमा मृत्यु भएको थियो। सदायको परिवारमा एकलआमा,भाइ,नवालक छोरा र पत्नी छन।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.