शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा सवारी दुर्घटनामा परि फेरी एक जनाको ज्यान गयो
भाद्र २१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २१ - 
सिरहामा सवारी दुर्घटनामा परि फेरी एक जनाको ज्यान गएको छ। शनिबार सिरहाको धनगडीमाई नगरपालिका नजिक साइकलयात्रीलाई बा . २ झ ९२९९ नम्बर भएको जिल्ला शिक्षा कार्यलय ओखलढुंगाको सरकारी गाडीले साईकल चालक लहान नगरपालिका -१२ भोटियाटोल बस्ने ३६ वर्षीय बिनोद चौधरी लाई ठक्कर दिदा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा कसहामा अवस्थित मेडीसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान सिरहाले जनाएको छ। ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यलय धनगडीले आफ्नो नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ। यस अघि शुक्रबार राति मात्र सिराहामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो भने एकजना गम्भीर घाइते भएका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.