शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सामाजिक कार्यमा जुट्दै लहानका युवा
भाद्र २१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २१ - 
सामाजिक संस्थामा संगठित हुँदै युवाहरु सामाजिक विकास निर्माण तथा सहयोग कार्यमा सक्रिय हुन थालेका छन् । पछिल्लो समय कोभिड–१९ का कारण अस्तव्यस्त दैनिकी र संकटपूर्ण समयमा पनि सामाजिक कार्यमा युवाको सक्रियता बढ्न थालेको हो ।लहान नगरपालिकाका युवाहरु पनि समूह बनाएर सामाजिक कार्यमा सक्रियता देखाउन थालेका छन्। सिरहाको लहानमा आइतबार युथ अफ लहानमा आवध युवाहरुले एक कार्यक्रमको आयोजना गरि सामाजिक दुरी कायम गर्दै लहाननगरपालिका वडा न .७ को मुसरी टोलका ३५ घरपरिवारलाई राहत स्वरूप खाद्यान्न सहयोग गरेका छन्। लकडाउनले विपन्न परिवारलाई छाक टार्न समस्या भएपछि लहानका युवाहरुले कतै " फुड बैंक" को स्थापना गरि खाना त कतै खाद्यान्न वितरण गर्न सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले गर्दा २०७६ चैत्र ११ गते देखि नेपालमा बन्दाबन्दी हुँदै आइरहेको छ। यसले गर्दा दैनिक ज्याला गरी छाक टार्ने वर्गलाई निकै समस्या भएको छ ।  

विगत ६ मिहना देखि बन्दा बन्दीको मारमा परेकाहरु लाई लहान नगरपालिका,मस जोडी संगै विभिन्न संघ संस्थाहरुले विभिन्न समयमा खाद्यान्न सहयोग गर्दै आइरहेका छन्। तर अहिले विगत एक महिना देखि कतै बाट राहतका कार्यक्रमहरु संचालन नहुँदा लहानका युवाहरु दैनिक ज्यालादारी गर्ने मजदूर,अति विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई खानाका प्याकेट संगै राहत सामग्री वितरण सुरु गरेका छन्। "युथ अफ लहान"का संयोजक आमिर खान र अलि मिकरानीका अनुसार  "युथ अफ लहान" मा आवद्ध युवाहरुले आफ्नै पकेट खर्च बाट लहान ७ का ३५ घरपरिवारलाई प्रति परिवार चामल,दाल,आलु,प्याज ,तेल,नुन,चिनी र चियापत्ती सहित ८ किलो राहत सामग्री उपलब्ध गराएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.