शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फुड बैंक लहानमा खाना खानेहरुको संख्या बढ्दै - अध्यक्ष
भाद्र २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २२ - 
‘सके दिएर जाऊ, नसके लिएर जाऊ’ भन्ने नारासहित सिराहाको लहान -७ पुरानो बजार राम मन्दिर नजिक विपन्न नागरिकका लागि निःशुल्क खाना खुवाउन स्थापना भएको फुड बैंकले निरन्तर ६ दिन देखि खाना खुवाउदा स्थानीय  विपन्नहरु खुसि भएका छन्। लकडाउन र निषेधाज्ञाले ज्याला–मजदुरी बन्द हुँदा गरिब विपन्न समुदायको चुलो बल्न छाडेको अवस्थामा परोपकार युवा क्लव लहान र लहान नपा.७ को कार्यलयको आयोजना तथा अम्बिका अफसेट प्रेस लहान र स्माईली रेष्टुरेन्ट एण्ड वार लहानकको सहयोगमा सुचारु गरिएको" फुड बैंक"मा ज्याला–मजदुरी गरि आफ्नो जिविकोपार्जन गरिरहेका विपन्नहरु बुधबार देखि दैनिक दुई छाक खाना खाइ रहेको परोपकार युवा क्लवका अध्यक्ष लहान -८ निवासी युवा बिनोद कुमार यादवले जानकारी दिए । 

विगत ६ महिनादेखि कोरोना संक्रमणको जोेखिम न्यूनीकरणका लागि संघीय ,प्रदेश तथा स्थानीय सरकारले गरेको बन्दाबन्दिको प्रत्यक्ष मारमा परेका गरिव ,अति विपन्न तथा ज्याला–मजदुरी गरि आफ्नो छाक टार्नेहरु भाेकै बस्नु नपरोस भनेर सानो प्रसाय मात्र गरेको हु। यो कार्य मैले मात्र गरेर सम्भव हुदैन यसमा सबैको साथ् र सहयोग चाहिन्छ।  कोरोना संक्रमणको जोेखिम न्यूनीकरणका लागि स्थानीय प्रशासनले २७ भदौ मध्य रातसम्मका लागि निषेधाज्ञा थपेको छ । यो अवधिभर दैनिक एक सयजनालाई खाना खुवाइने योजना रहे पनि दैनिक खाना खानेहरुको संख्या बढ्दै गैरहेको हुँदा हामीलाई आर्थिक सहयोग जुटाउन सकस भइरहेको अवस्थामा केहि मनकारीहरुले आर्थिक सहयोग समेत गरिरहेको अध्यक्ष यादव बताउछन। यादवले दिएको जानकारी अनुसार फुड बैंकमा पहिलो दिन बुधबार २०२ जना , विहिबार ३९१ जना ,शुक्रबार ४०९ जना,शनिबार ४२४ जना र आइतबार ४३९ जना गरि पाँच दिनमा एक हजार आठ सय ६५ जना खाना खाएका छन्। जसमा चौथो दिनको सम्पूर्ण खर्च लहान -७ मा अवस्थित ओम पोलिक्लिनिक एण्ड अर्थो केयरका संचालक डाक्टर ओम प्रकाश चौधरीले सहयोग गरेका छन् ,भने लहान -१ निवासी हाल काठमाडौंमा रहनुहुने सन्तोष कुमार चौधरीले इ-सेवा मार्फत सात हजार पठाएर सहयोग गरेको जानकारी दिए। फुड बैंकमा हरेक दिन बिहान साढे १० देखि १२ बजेसम्म र साँझ साढे ६ देखि साढे ७ बजेसम्म खाना खुवाउने कार्य भैरहेकोले मनकारीहरूहरु लाई सहयोग गर्नहुन पनि अध्यक्ष यादवले अपिल गरेका छन। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.