शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नदी नियन्त्रणको नाममा व्यक्तिगत पोखरी निर्माणं
भाद्र २४, २०७७ | सरगम खबर समाचारदाता

राजविराज २०७७ भदौ २४ गते। 
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ पकरी स्थित मो. फिरियादको घर नजिक खाडो नदी नियन्त्रणको नाममा २ लाखको ब्यक्तिगत पोखरी निर्माण गरिएको छ । महादेवा गाउँपालिकाको आ.व. २०७४÷०७५ मा वडा नं. १ पकरीमा गाउँपालिकाबाट विनियोजन गरेको बजेट २ लाख रकममा मो. फिरियादले आफनो घर नजिक नदी नियन्त्रणको नाममा आएको रकमबाट व्यक्तिगत पोखरी निर्माण गरेको स्थानिय नेकपाका स्थानिय नेता जय नारायण यादवले संचारकर्मीलाई बताएको छ । खाडो नदी नियन्त्रणको  लागि विनियोजन गरेको योजना अनुसार नदी नियन्त्रण नगरी ब्यक्तीगत पोखरी निर्माणको साथै आफनो खेत पुर्नुका साथै खेत सम्याउने काम समेत गरी गाउँपालिकाबाट विनियोजन गरेको बजेट २ लाख रकममा अनियमितता र भ्रष्टाचार भएको स्थानिय देव नारायण यादवले बताए । यसैबिच वडा नं. १ का वडा सदस्य हरि नारायण यादवको घर अगाडी रहेको चन्द्र नहरमा होम पाईप जडान गर्न गाउँपालिकाबाट १ लाख ५० हजार बजेट समेतमा कामै नगरी अनियमितता र भ्रष्टाचार गरेको स्थानिय जय नारायण यादवले बताए ।

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.