शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा ५९ कैदीबन्दी सहित ६६ जना कोरोना संक्रमित थपिए
भाद्र २४, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ भदौ २४ - 
बुधबार सिराहामा कारागारमा रहेका ५९ कैदीबन्दी सहित ६६ जना कोरोना संक्रमित थपिएका छन। जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपाेर्ट अनुसार कारागारका ५९ कैदीबन्दी र नेपाली सेनाका सात जना सहित ६६ जनामा एकै दिन कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणको रिपोर्टमा कारागारका ५९ जना कैदीबन्दी र चोहर्वास्थित नेपाली सेनाका सातजना गरी बुधबार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरू २० देखि ५५ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको जनाइएको छ । पछिल्लो दुई दिनमा संक्रमण पुष्टि भएकाहरूलाई होम आइसोलेसन, सिराहा कोभिड अस्पताल र धनगढीमाईका छपराढीस्थित महेन्द्र गेनाई कोरोना विशेष अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

यसै बीच सिरहाको सखुवानन्कारकट्टी मौवाहीमा ३ जेठमा पहिलो संक्रमित भेटिएयता बुधबारसम्म ६ सय ३० जना संक्रमित भएका छन् । जस मध्ये तीन सय ५५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन। अहिले जिल्ला भित्र होम आइसोलेसन सहित बुधबारसम्म ३७ महिला र दुई सय २८ पुरुष सहित दुई सय ६५ जनाको उपचार भइरहेको छ। भने सिरहामा संक्रमित हुनेहरु मध्ये अहिलेसम्म एक महिला सहित १० जनाको मृत्यु भइसकेको छ ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.