शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा ३४ संक्रमित थपिए , पसल बन्द गर्न प्रहरी द्वारा
भाद्र २९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २९ - 
विगत लामो समय देखि लकडाउनको मारमा परेका सिरहा जिल्लाका नागरिकको जनजीवन केहि हद सम्म समान्य बनाउन सिरहामा निषेधाज्ञा खुकुलो गर्दै सुरक्षाका मापदण्ड अपनाएर दिउँसो ३ बजेसम्म जिल्ला प्रशासन कार्यलय सिराहाले पसल खोल्न अनुमति दिने वित्तिकै लहानमा भिडभाड संगै चहल पहल बढेको छ। जिल्लाका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या दिनानु दिन बढे पनि जिल्ला प्रशासन कार्यालय सिराहाले जनजीवन सामान्य गर्न निषेधाज्ञा खुकुलो गरेपनि स्थानीय हाटबजारमा चहलपहल बढे संगै पसलेहरु दिउँसो ३ बजे पसल बन्द गर्न अटेरी गर्न थालेका छन् । सिराहाको मुख्य व्यापारिक केन्द्र लहानमा बजार र पसल बिस्तारै अबेर राति सम्म खुल्न थाले पछि सोमबार ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीको कमाण्डमा खटिएका नेपाल प्रहरी र शस्त्र प्रहरी बल लहानका डिएसपी डम्बर बहादुर रानाको कमाण्डमा खटिएका शस्त्र प्रहरीले दिउँसो ३ बजे म्याकिंग गर्दै पसल तथा हाट-बजार बन्द गराउदै हिडेका थिए। 

जिल्ला प्रशासन कार्यालय सिरहाले आदेश पत्र जारी गर्दै असोज १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको छ। जिल्लाभर अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि अपरान्ह ३ बजेसम्म खोल्न पाइने र अन्य पसलहरु विहान ८ बजे देखि ३ बजे सम्म खोल्न पाइने निर्णय गरिएको छ । यस्तै होम डिलेभरी दिने सर्तमा होटल तथा रेष्टुरेन्टलाई साँझ ७ बजेसम्म खोल्न दिने बताइएको छ।जिल्लामा कोभिड - १९ को संक्रमण नियन्त्रण गर्न भदौ २७ गते राती १२ बजेबाट लागु हुनेगरी दुई साताका  लागि असोज १० गतेसम्म निशेधाज्ञा थप गरिएको हो। यसअघि जिल्लामा भदौ २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।जिल्ला प्रशासन कार्यालयले आदेश पालना गर्न जिल्लाका १७ वटै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योग वाणिज्य संघ ,संस्था तथा समाजिक संघ संस्थालाई अनुरोध गरेका छन्।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलद्वारा हस्ताक्षरित आदेश पत्रमा अघिको भन्दा निषेधाज्ञा खकुलो हुनेगरी आदेश गरिएको छ । हाटबजार, विद्यालय, सभा, जुलुस, जिमखाना, सभागोष्ठी जस्ता मानिस भिडभाड हुने खालका कार्यमा बन्देज लागाएको भएपनि नीजी तथा भाडाका जीप, कार, भ्यान जस्ता सबारी साधनमा मास्क लगाई दुरी कायम गरी यात्रा गर्न पाइने उल्लेख गरिएको छ । यसअघि चारपांग्रे  अत्यावश्यक खाद्यान्न, औषधी, इन्धन, दुघ लागयतका सवारी साधन चलेको भएपनि निजी सवारी साधनमा भने रोक लगाइएको थियो । यस पटकको आदेशानुसार निजी सवारीसाधन सुरक्षा सतर्कता अपनाएर जिल्लाभरी चलाउन पाउने भनिएको छ। निषेधाज्ञाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गर्ने जनाइएपनि यहाका जनसमुदाय लगायत व्यापारीहरुले सुरक्षाका मापदण्ड नपनाउदा सचेत नागरिक लगायत प्रहरीको टाउको दुखाइ बनेको छ। 

सिरहामा सोमबार मात्रै ३४ जनामा कोरोना भाइरस कोभिड -१९ संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरु श्री शेरगण चोहर्बा ब्यारेकका २८ देखि ३५ वर्ष उमेर समुहका ३ पुरुष, श्री २७ वाहिनी अड्डा चोहर्बाका २३ देखि ४१ वर्ष उमेर समुहका ११ पुरुष, सिरहा जिल्ला कारागारको कार्यालयका १४ देखि ३५ वर्ष उमेर समुहका १५ पुरुष, लहान नगरपालिका-७ का ३२ र ५० वर्षीया २ महिला तथा ५५ वर्षीय एक पुरुष, लक्ष्मीपुर पतारी गाउँपालिका-६ का १९ वर्षीय एक युवक र गोलबजार नगरपालिका-१२ का ६५ वर्षीय एक पुरुष रहेका छन् ।

यसै बीच सोमबार प्रदेश - २ मा  २ जना कोरोना संक्रमितको मृत्यु हुनुका साथै ८० जना नयाँ संक्रमित थपिएका छन् ।योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ, भने संक्रमितको संख्या ११ हजार ९ सय ६३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर-१० की ५५ वर्षिया एक महिला र सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर-२ की ३५ वर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणबाट प्रदेश २ को पर्सामा ४०, बारामा १६, धनुषामा १३, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र एकजना भारतीय गरि कोरोना संक्रमणका कारण १८ महिला र ९३ पुरुष गरि १ सय ११ जनाको मृत्यु भईसकेको छ। भने यस प्रदेशमा पछिल्लो २४ घण्टामा १६ महिला र ६४ पुरुष सहित ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार संक्रमित हुनेहरुमा सबैभन्दा बढी सिरहामा ३४, सप्तरीमा २१, बारामा १०, पर्सामा ९, धनुषामा ३, महोत्तरीमा २ र सर्लाहीमा १ जना रहेका छन्। प्रदेशमा सोमबारसम्म संक्रमितको संख्या ११ हजार ९ सय ६३ पुगेको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.