शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु
भाद्र ३१, २०७७ | शुभ नारायण यादव

शुभ नारायण यादव सप्तरी ,३१ भदौ  । सप्तरीका एक जना कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका वडा न. ३ का ३५ वर्षीय युवकको आज बिहान मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । भदौं ३० मा त्यहाँ भर्ना भएका उनको आज विहान मृत्यु  भएको अस्पतालले पुष्टि गरेको छ ।मृतक युवकमा मिर्गौलाको समस्या समेत थियो । उनी हप्तामा २ पटक डायलासिस गराउँदै आएका थिए । साथै उनमा उच्च रक्तचाप समेत रहेको परिवारजनले बताएका छन । याेसगे सप्तरीमा मृतककाे सख्ङया ९ पुगेको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.