शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ओरेक नेपाल द्वारा मोबाइल हेल्थ क्लिनिक संचालनमा , स्थानीय
भाद्र ३१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ ३१ - 
लहानमा विगत एक हप्तादेखि ओरेक नेपाल सिरहा द्वारा मोबाइल हेल्थ क्लिनिक संचालन भइरहेको छ। भदौ २४ गते देखि लहान नगरपालिकाको दुई वटा वडाहरुमा संचालन भइरहेको उक्त हेल्थ क्लिनिकमा सर्वसाधारणहरुले स्वास्थ्य सेवा पाउदा हर्षित भएका छन् । लहान वडा नं. १३ गणेशपुरबाट भदौ २४ गते संचालित शिविर आश्विन ५ गते सम्म संचालन हुने ओरेक नेपाल लहान सिरहाका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकारी दिनुभयो। ओरेक नेपाल सिरहाको आयोजना र लहाननगरपालिकाको वडा नंंं.१३ र २४ का  स्वास्थ्यचौकीको सहकार्यमा गणेशपुर, घलेटोल, मानिकदह र मलहनमामा गरी जम्मा चार वटा टोलमा सेवा प्रदान भइरहेको संचार अधिकृत अनिता चौधरी बताइन। स्वास्थ्य क्लिनिकका लागि ओरेक नेपालबाट अनमी शुशिला लोहनी, वडा नं. २४ का स्वास्थ्य इन्चार्ज गँगाराम साह, अ.हे.व.संजिब यादव, अ.हे.व.रामकुमार चौधरी र वडा नं. १३ का स्वास्थ्य इन्चार्ज शक्तिराम यादव लगायतका टोलीले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। 

जसमा अहिले सम्म १२३ जना महिला, ४८ जना शिशु र दुई पुरुष गरी १७३ जनाले सेवा लिएका छन्। स्वास्थ्य सेवा अन्तर्गत महिलालाई प्रजनन् स्वास्थ्य सम्बन्धि, ३ देखि ५ वर्ष सम्मका शिशुलाई कुपोषण जाँच र दुई जना पुरुषलाई समान्य ज्वरोको जाँच गरिएको छ। त्यस्तै वडा नं. २४ मा १२ जना र वडा नं. १३ मा ४ जना शिशुलाई एमयुएसी जाँच गर्दा पहेलो कलरको हल्का कुपोषण देखिएपछि सर्वोत्तम पिठो प्रदान गरिएको ओरेकको सहायक कार्यक्रम अधिकृत शुशिला लोहनीले बताउनु भयो। मोबाइल स्वास्थ्य क्लिनिकमा ओरेकको तर्फबाट समस्या अनुसार भी वास, क्यालसियम, ग्लुकोज, जिवनजल समेत उपलब्ध गराइरहेको बताइएको छ। मोबाइल हेल्थ क्लिनिकले स्वास्थ्य सम्बन्धि प्रभावकारी सेवा दिइरहेको सर्वसाधारणले प्रसंसा गर्न थालेपछि अन्य वडाका सर्वसाधारणहरु समेत आफ्नो वडामा सेवा प्रदान गर्नहुन ओरेक समक्ष आग्रह गरेका छन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.