शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लक्ष्मीपुर पतारी गाउँपालिकाको बजेट ४९ करोड ९२ लाख १५ हजार
आश्वीन ३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज ३ - 
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले चौथो गाउँसभा बाट पारित गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन ,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। असार १० गतेभित्र आआफ्नो गाउँ र नगर सभामा नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पेस गरी असारभरमा पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि लक्ष्मीपुर पतारी गाउँपालिकाको प्रमुख प्रशासकिय अघिकृत सुजित कुमार यादवले काम कारवाहीमा असहयोग गरेको हुनाले  गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न र बजेट विनियोजन ,नीति तथा कार्यक्रम सार्वजिक गर्न ढिलो भएको गाउँपालिका अध्यक्ष राम बल्लभ साहले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ को बजेट ४९ करोड ९२ लाख १५ हजार सार्वजनिक गर्दै बताउनु भयो। 

अध्यक्ष साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन ,नीति तथा कार्यक्रम सार्वजनिक पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष , केहि दिन अगाडी आउनु भएकी प्रमुख प्रशासकीय अधिकृत सुमित्रा थापा, कार्यपालिका सदस्य ,वडा अध्यक्ष, कर्मचारी लगायत विभिन्न संचार क्षेत्रमा आवद्ध संचारकर्मीको उपस्तिथी रहेको थियो। गाउँपालिकाले आन्तरिक राजस्व शिर्षकमा ५० लाख , नेपाल सरकार राजस्व बाट फाट बाट प्राप्त रकम ६ करोड २५ लाख , प्रदेश सरकार बाट प्राप्त अनुदान ७१ लाख ५४ हजार ,प्रदेश सरकार बाट प्राप्त -सशर्त अनुदान ८० लाख , प्रदेश सरकार बाट प्राप्त विशेष अनुदान ३ लाख , प्रदेश सरकार बाट प्राप्त सम्पुरक अनुदान २० लाख , नेपाल सरकार बाट प्राप्त वितिय समानीकरण अनुदान १० करोड २७ लाख , नेपाल सरकार बाट प्राप्त ससर्त अनुदान १६ करोड ३१ लाख ,सवारी साधन कर बाडफाड वापतको रकम ३७ लाख ६१ हजार र आर्थिक वर्ष २०७६ / ०७७ को १३ करोड ६० लाख समेत गरि ४९ करोड ९२ लाख १५ हजार सार्वजनिक गरेका छन्। गाउँपालिकाले यस वर्षको बजेट बाट सडक निर्माण, स्वास्थ्य, कृषि र शिक्षाको क्षेत्र लाई व्यवस्थित गर्ने तर्फ जोड दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.