शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एबी मल दोस्रो वर्षमा प्रवेश
आश्वीन ५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज ५ - 
प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा सुपर मार्केट गोलबजार सफलता पुर्वक पहिलो बर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ। एक वर्ष अगाडी असोज ४ गतेका दिन तत्कालिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव द्वारा उद्घाट्न गरिएको एबि मल सिरहा सुपर मार्केट गोलबजारले विविन्न बाधा अवरोधको सामना गर्दै कोरोना भाइरस कोभिड-१९ महामारीको अवस्था र परिस्तिथि लाई मध्य नजर गर्दै आइतबार बिना कुनै तामझाम प्रदेश २ का प्रदेश सभा सदस्य जगत यादवको प्रमुख आतिथ्यता तथा चोहर्वा शेरगणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौली , समाजसेवी मस जोडी महेश चौधरी, संगीता कर्मचारी , गोलबजार व्यापार संघका अध्यक्ष भारत अग्रवाल , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,मलका सीईओ पिन्टु कुमार राउत लगायत मलमा कार्यरत पदाधिकारी तथा कर्मचारीको उप्स्तिथिमा मलका संचालक जगिर अन्सारीले केक काटेर पहिलो वर्ष गाठ मनाएका छन्।

कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथिहरुले शुभकामना मन्तव्य राख्दैन एबी मलको उत्तरोत्तर प्रगतीको कामना गर्दै  विदेशमा मेहनेत पसिना बगाएर कमाएको करोडौ रकमले एबि मल संचालन गरेर सयौ युवाहरुलाई रोजगारी दिएकोमा संचालक जगीर अन्सारी धन्यवाद ज्ञापन गर्दै प्रदेश २ को एक मात्र तथा सिरहा जिल्लाको आन ,बान र सान बन्न सफल एबी मल सबैको साझा भएकोले यसको उन्नति -प्रगतिका लागि  सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिदै ,सुन्दर गोलबजार बनाउन एबि मलको संचालनले निकै महत्पूर्ण र गौरवको काम भएकोले अन्य उद्योगी व्यवसायी लाई समेत लगानी गर्न हौस्याएको बताउदै गोलबजारमा उद्योग व्यापार संचालनका लागि एबि मलले राम्रो माहोल बनाएको हुँदा व्यवसायीहरुलाई संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले सुरक्षा र सम्मान दिन सदैव अग्रसर हुनु पर्ने कुरामा जोडदिनु भयो |  कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा र मायाको चिनोले सम्मान गर्दै संचालक अन्सारीले सम्पूर्ण उपभोक्ता ( ग्राहक वर्ग ) लगायत एबि मललाई सहयोग गर्नुहुने तिनै तहका सरकार, शुरक्षा निकाय ,राजनीतिकदल, समाजसेवी ,बुद्धिजीवी ,संचारकर्मी ,विभिन्न संघसंस्था,कर्मचारी  लगायत ज्ञात-अज्ञात सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ् र सहयोगको अपेक्षा राख्नुभयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.