शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रेडियो सरगमको चौथो वार्षिक उत्सव सम्पन्न -आम नागरिकलाई साक्षर बनाउने
आश्वीन ११, २०७७ | फिरोज शेख

लाल बिहारी यादव २०७७ असोज ११ - 
शेख मिडिया हाउस प्रालि लहान - ८ द्वारा संचालित ५०० वाट क्षमता भएको रेडियो सरगम ९३ मेगाहर्जले सनिबार साँझ आफ्नो चौथो वार्षिक उत्सव मनाएका छन्। कोरोना महामारीको अवस्थालाई आत्मसाथ गर्दै रेडियोले भव्य रुपमा कार्यक्रमको आयोजना नगरे पनि औपचारिक रुपमा स्टुडियोमै संस्थापकका छोरा सरगम शेखको हात बाट केक काटेर आफ्नो चौथो वार्षिक उत्सव मनाएका छन्। शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संस्थापक अध्यक्ष फिरोज शेखको अध्यक्षता तथा प्रशिक्षक तथा वरिष्ठ संचारकर्मी रुरेंद्र प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी नासिर शेख, एन्टेना फ़ाउनडेशन नेपाल प्रदेश २ प्रोग्राम कोर्डिनेटर तथा संचारकर्मी मणिलाल विश्वकर्मा, समृद्धिपथ दैनिक पत्रिका फिरोज सिद्दिक्की , गोरखापत्र दैनिकका जिवछ उदासी,सिरहा जिल्लाका वरिष्ठ प्राविधिक अनुज राउत ,सप्तरीका युवा पत्रकार शुभ नारायण यादवको आतिथ्यता तथा रेडियोका कर्मचारीको उपस्तिथिमा चौथो वार्षिक उत्सव सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले शुभकामना मन्तव्य राख्दै छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सबै विज्ञापनदाता, नागरिकसमाज सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग, भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत देश तथा विदेशमा रहनु भएका स्रोताहरुको मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अमुल्य योगदान पु¥याउने शुभकामना सहित रेडियो लाई समृद्धिका लागि खवरदारी ,कृषी, शिक्षा, स्वास्थ्य, पयर्टनलगायत विकासका मुल आधारहरुलाई प्राथमिकता दिन ,सामाजिक उतरदायित्व, महिला शशक्तिकरण ,मनोसामाजिक समस्या ,महिला प्रजनन समस्या , कानुनी साक्षरता, वित्तिय साक्षरता, सूचनाप्रविधि साक्षरता, स्वास्थ्य साक्षरता, सडक साक्षरता आदी दर्जनौ क्षेत्रमा रहेको साक्षरता न्यूनीकरण तर्फ प्रयास संगै अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभयो। कार्यक्रमा संचार क्षेत्रमा अतुल्य योगदान पुर्याएको मुल्याङ्गकन गर्दै प्रमुख अतिथि शुरेन्द्र प्रसाद गुप्ता र वरिष्ठ प्राविधिक अनुज राउतलाई दोसल्ला र सम्मान -पत्रले सम्मान गरिएको थियो ,भने अतिथि मणिलाल विश्वकर्मा , फिरोज सिद्दिकी , जिवछ उदासी ,शुनारायण यादव लगायत रेडियोका सदस्य तथा कर्मचारीहरु समाचार वाचिक अनुपम झा, रमिता नेपाल र लाल बिहारी यादब , प्राविधिक जिबछ साह , सन्तोष साह र सियाराम जाडव कार्यक्रम प्रस्तोता पण्डित पवन कुमार सास्त्री ,तेजु मैथिली ,सरोज सन्त, गायत्री सिंह ,विजय साह, सिता मगर ,विनिता चौधरी,ललिता ठाकुर ,इलेक्ट्रीसियन राम उदगार ठाकुर ,कुचिकार सिता मालिक लगायत लाई खादा र प्रशंसा -पत्रले सम्मान गरिएको थियो।  

रेडियो सरगम ९३ मेगाहर्ज  नेपाली श्रोता माझ सयौं रेडियोहरु रहेकै बेला २०७३ साल श्रावन १७ गते बाट परीक्षण प्रसारण सुरु गर्दै असोज १० गते बाट आफ्नो नियमित प्रसारणको शुरुवात गरेको थियो । "हरेक मनको आवाज" सुचना, संगीत र मनोरन्जनकाका लागि हरपल तपाईको साथ्" भन्ने मुल मर्मका साथ सुरु भएको यस रेडियोले छोटो अवधिमै विश्वभरीका नेपालीहरुको मन जितन सफल भएको छ। रेडियो सरगमले पहिलो बर्ष संविधान कार्यान्वयन, दोस्रो बर्ष स्थानीय तहमा निर्वाचनको वातावरण बनाउनमा आफुलाई केन्द्रीत गर्यो भने तेस्रो बर्ष समृद्धिका लागि खवरदारी गर्दै  कृषी, शिक्षा, स्वास्थ्य, पयर्टनलगायत विकासका मुल आधारहरुलाई प्राथमिकता दिदै आएको छ।

त्यसैगरी नयाँ बनेका कानुन र दैनिक जीवनमा जोडिएका अन्य नयाँ नयाँ विषयहरुमा आम नागरिकलाई साक्षर बनाउनु पर्ने आवश्यकता यस सञ्चार संस्थाले देखेको छ । महिला शशक्तिकरण ,मनोसामाजिक समस्या ,लागु औषध विरुद्धको अभियान ,महिला प्रजनन समस्या न्यूनीकरण, कानुनी साक्षरता लगायत दर्जनौ क्षेत्रमा रहेको साक्षरता बनाउने प्रयास नेपाली रेडियो नेटवर्क, एन्टेना फ़ाउनडेशन नेपाल , ओरेक नेपाल , दलित जनकल्याण युवा क्लव , पिएसआई नेपाल , मुक्ति नेपाल लगायत विभिन्न संघ -संस्था र स्थानीय तह संग सहकार्य गरि गरिरहेको जानकारी गराउदै  स्थानीय, प्रदेश र संघीय निर्वाचनका बेला अत्याधिक लोकप्रिय भएको विषेश प्रस्तुती निर्वाचनमा नजर ,सरगम संवाद र न्युज बिट जस्तै नयाँ प्याकेजहरु मार्फत साक्षरताका लागि सम्वन्धीत निकायहरुसँग सहकार्य गरेर नयाँ अभियान चलाउने र अझ शसक्त, जिम्मेबार र निश्पक्ष प्रस्तुतीमा खरो उत्रिने प्रतिबद्धता सहित सवै श्रोता र सहयोगीहरुको साथ र सहयोगको अपेक्षा गर्दै  स्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय, ज्ञानबर्द्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीत संगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने योजना रहेको रेडियोका अध्यक्ष शेखले बताउनु भयो।

उहाँले आफ्ना सदस्य, बिज्ञापन दाता, कर्मचारी, सहयोगी, देश तथा विदेशमा रहेका स्रोता लगायत रेडियोलाई यस क्षेत्रकै उत्कृष्ट स्थान सम्म पुर्याउन सहयोग गर्नुहुने सबैलाई धन्यावाद ज्ञापन गरेका छन्।  रेडियो सरगम विहान ४ः३० बजे देखि राति १२ बजे सम्म दैनिक प्रसारण दिदै आइरहेको यस क्षेत्रको एक मात्र रेडियो स्टेशन हो।

 

 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.