शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राष्ट्रिय कृषक समूह महासंघ द्वारा दलित परिवारलाई राहत
आश्वीन १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज १३ - 
राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केएर नेपालको सहयोगमा भगवानपुर गाउँपालिका सिरहामा कोभिड १९ बाट प्रभावित संकटासन्न डोम, मुसहर तथा विपन्न दलित एकल महिला २०० परिवारहरुला कुपन भौचरको माध्यमबाट  खाध्यान्न सामग्री उपलब्ध गराउने योजना अनुसार सोमबार वडा नं. १ र २ का  ४८ घरपरिवारलाई खाध्यान्न उपलब्ध गराइएको छ । यससंगै हाल सम्म जम्मा ७३ घरपरिवारमा खाध्यान्न वितराण भएको र बँकी घरपरिवारलाई क्रमशः वितरण गरिने राष्ट्रिय कृषक समूह महासंघ नेपालका जिल्ला परियोजना अधिकृत दिलिप कुमार साहले जानकारी दिएका छन् । प्रति घरपरिवार रु. ९ हजार ४ सय ४० बरावरको खाधन्न वितरण गरिने योजना अनुसार प्रथम चरणमा      रु.६ हजार ६ सय ८९ रुपैया वरावरको खाधन्न उपलब्ध गराईएको र वाँकी रु.२ हजार ७५१ रुपैया बरावरको खाधन्न दोश्रो चरणमा उपलब्ध गराईने जनाइएको छ ।  यस पछि बाँकी खाधान्न सामग्री प्राप्त गर्ने घरपरिवारलाई कुपनको व्यवस्था गरिएको छ ।  उक्त कुपन लिएर तोकिएको पसलमा गई सामग्रीहरु प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको हो। पहिलो चरणमा वितरण गरिएका खाद्य सामग्रीहरुमा कतरनी चामल २५ के।जी, चिउरा ५ केजी।, धारा खाने तेल ५ लिटर , चनाको दाल २ केजी, मसुरोको दाल २ केजी, रहरको दाल ५ केजी, अण्डा १ क्यारेट, पनिर ५०० ग्राम, आलु १० केजी, चना दाना २ केजी, मटर दाना २ केजी, नुन २ केजी र चिनि ५ केजी रहेको छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.