शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
खैरो हिरोइन सहित युवक पक्राउ
फाल्गुन ७, २०७३ | फिरोज शेख

फिरोज शेख लहान, फागुन ७ –  लागु औषध खैरो हिरोइन सहित प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कसहा बाट गोलबजार ६ का भक्ति राइलाई तीन ग्राम खैरो हिरोइन सहित पक्राउ गर्न सफल भएका छन् । विगत केहि वर्ष देखिनै सिरहाको विभिन्न क्षेत्रमा लागु औषधको कारोबार गर्दै आएको सुनचाको आधारमा प्रहरीले राइ लाई निगरानी गरिरहेको थियो। सोहि क्रममा राई फेला परेको इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार आफूहरुले यो क्षेत्रमा हिरोइनको कारोवार भईरहेको भन्ने जानकारीमा आएपनि आफै प्रयोग कर्ता वनेर कारोवारीसम्म पुग्ने प्रयास गरिरहेको वेला राइ पक्राउ परेको जानकारी दिनुभयो ।

राइ पूर्वी नेपालको काकडभीट्टा पारी भारतीय बजार पानीट्याङ्की बाट प्रयोग कर्ताले माग गरेको आधारमा लागुपदार्थ ल्याई सिरहाको लहान , गोलबजार, मिर्चैया, उदयपुरको कटारी लगाएतको क्षेत्रमा सप्लाय गर्ने गरेको प्रहरीको भनाई छ । राइ सडकमा हिडीरका अवस्थामा शंकाको आधारमा नियन्त्रणमा लिई शरीर खान तलासी गर्दा उनको साथमाट ब्राउन सुगर भेटिएको प्रहरीको भनाई रहेको छ ।पक्राउ परेका राइलाई लागु औषध कारोार ऐन अन्तर्गत कार्वाही अघि बढाउने प्रहरीले जनाएका छन् । यो भन्दा पहिला पनि राइ ब्राउन सुगर सहित पक्राउ परेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.