शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीको सप्तकोशी नपाकाे २ वडा सिल , प्रशासन कार्यालय समेत
कार्तिक १३, २०७७ | फिरोज शेख

शुभ नारायण यादव -सप्तरी ,१३ कार्तिक  ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा न. १० र ११ मा ३१ जना कोरोना संक्रमण भेटिए पछि एक  साताको लागी वडाहरु सिल गरिएको छ । ४ र ७ गते गरिएको स्वाव परिक्षणमा ३१ जनालाई कोरोना संक्रमण पुष्टि भए पछि सप्तरीको सप्तकाेशि नगरपालिका वडा नं. १० र ११ आमामी कार्तिक १८ गते सम्मका लागी अति आवश्यक काम काज वाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको नगरपालिकाले जनाएको छ ।स्वास्थ्यका मापदण्ड अपनाउदै , दुई मिटरको दुरी कायम गर्न अनुरोध गर्दैै स्थानिय हाट बजार, भेला पात, सेमीनार गोष्टी नगर्नहुन नगर प्रमुख उत्तम कुमार शर्माद्वारा जारि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै इलाका प्रशासन कार्यालय कञ्चनपुरले पनि विज्ञप्ती प्रकाशन गरि अनिश्चितकालका लागी कार्यालयबाट प्रदान हुने सेवाहरु स्थगित गरेको जनाएको छ ।जारि विज्ञप्तीमा यस कार्यालयका प्रमुख र अन्य कर्मचारी कोरोना संक्रमण पुष्टि भएको तथा सप्तकोशी नगरपालिका कोरोना संक्रमण बढेको हुनाले कार्यालयबाट प्रदान गरीने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागी बन्द रहने जनाएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.