शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
न्यु स्टार लाई हराउदै "न्युटन" उपाधि उचालन सफल
पौष १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुस १२ - 
सिरहाको लहानमा संचालित टि-20 लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा न्युटन क्रिकेट टिम लहान विजय भएका छन्। लहान स्पोर्ट्स एकेडमीको आयोजना तथा नेपालि कांग्रेस लहान ८ का प्रत्यासी वडा अध्यक्ष श्याम साह भोरे भोरको टाइटल स्पोनर र चुरिया एग्रोटेक रिसर्च सेन्टर प्रा.लि , क्वालिटी टेलर्स & ट्रेडर्सको सहयोगमामा संचालित टि-20  लिग क्रीकेट प्रतियोगिता अन्तर्गत न्युटन क्रिकेट टिम लहान -८ र न्यु स्टार क्रिकेट टिम लहान- ६ बीच भएको निकै रोमान्चक फाईनल खेलमा न्युटन क्रिकेट टिमलाई ३ बलमा १० रनको आवश्यकता रहेको बेला अन्तिम ओभरको तेस्रो र दोस्रो बलमा छक्का र चौका लागाउदै २ विकेटले जित निकाली उपाधि उचालन सफल भएका छन्। 

टस जितेर पहिला ब्याटिंग गरेको न्यु स्टार क्रिकेट टिमले  २० ओभर खेल्दै ८ विकेटको क्षतिमा अनिस मण्डलको चार चौका सहित ३५ रन , इनतखाब अहमदको एक छक्का र ७ चौका सहित ४४ रन र सुरेश यादवको १० रनको मद्दतले १५८ रनको उत्कृष्ट योगफल तयार गर्न सफल भएका थिए। बलिङ्ग तर्फ न्युटनको तर्फ बाट पार्थिव प्रसाद यादव ४ ओभर ३३ रन २ विकेट,रबिन गुप्ता ४ ओभर ३९ रन २ विकेट, कुश मण्डल ४ ओभर २५ रन १ विकेट र सुरज यादवले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिएका थिए ,भने न्युटनले २० ओभरको अवधिमा ४३ रन अतिरिक्त दिएका थिए। 

उपाधिका लागि १५९ रनको लक्ष्य सहित मैदानमा उत्रेका न्युटनले सस्तैमा २ विकेट गुमाउदा राकेश कामैतको ३३ बलमा ५ छक्का र २ चौकाको सहित ५० रनकोउत्कृष्ट प्रदर्शन, रबिन गुप्ताको २ चौका सहित ११ रन ,कुश मण्डलको २ चौका सहित १० रन र म्यान अफ द म्याच तथा म्यान अफ द सिरिजको उपाधिले सम्मानित सुरज यादवको २६ बलमा ३ चौका र १ छक्का सहित २९ रनको बिष्फोटक ब्याटिंगको मद्दतले रोमान्चक खेलमा १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा १५९ रन बनाउदै विजेता भएका छन्।  बलिङ्ग तर्फ लहान-६ का लागि सुरेश यादव ४ ओभर २५ रन १ विकेट ,इनतखाब अहमद ४ ओभर ३१ रन २ विकेट ,अर्जुन भुजेल ४ ओभर ३५ रन २ विकेट  र सन्तोष अधिकारीले ३ ओभर ५ बलमा ३५ रन खर्चेर ३ विकेट लिएका थिए। 

यसै बीच खेल सकिए पश्चात लहान स्पोर्ट्स एकेडमीका सचिव विजय कुमार यादवको अध्यक्षता तथा लहान ८ का प्रत्यासी वडा अध्यक्ष श्याम साह भोरे भोरको प्रमुख आतिथ्यता र चुरिया एग्रोटेक रिसर्च सेन्टर प्रा.लि लहानका संचालक हरिदेव चौधरीको, शेख मिडिया हाउस प्रालि.,रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको विशिष्ट आतिथ्यता संगै एभरेष्ट कलेजका प्रमुख धरणीधर अधिकारि ,क्वालिटी टेलर्स & ट्रेडर्सका सीईओ नासारुल अन्सारी लगायतको आतिथ्यतामा आयोजना गरिएको पुरस्कार तथा मेडल वितरण कार्यक्रमा अतिथिहरुको हात बाट उप -विजेता न्यु स्टार क्रिकेट टिमलाई शिल्ड ,मेडल ,प्रमाण सहित नगद रु .११ हजार प्रदान गरिएको छ भने विजेता टिम न्युटन क्रिकेट टिम लाई शिल्ड ,मेडल ,प्रमाण सहित नगद रु . २० हजार प्रदान गरिएको आयोजकले जनाएका छन्। यसै बीच प्रतियोगिता अबधिभर ८३ रन बनाउदै उत्कृष्ट प्रदर्शन गरेका अनिश मण्डल उत्कृष्ट ब्याट्सम्यान ,प्रतियोगितामा ११ विकेट लिन सफल परमेश्वर राम उत्कृष्ट बलर , उत्कृष्ट फिल्डर सुरेश यादव घोषित भएका छन् ,भने प्रतियोगिता अबधिभर ५२ रन बनाउदै ४ विकेट लिन सफल सुरज यादव प्रतियोगिताको उत्कृष्ट खिलाडी घोषित भएका छन्। यस प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि लहान -८ .,रेडियो सरगम ९३ मेगाहर्ज र लहान पोष्ट राष्टिय दैनिक पत्रिका रहेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.