शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डिएसपी शरत थापा क्षेत्रि सहित नेपाल प्रहरीका ६९ जना
पौष २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुष २२ - 
नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन्। जस मध्ये सिराहाका दुई जना डिएसपीको पनि सरुवा भएको छ। सरुवा हुनेहरुमा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्री र मिर्चैया ईलाका प्रहरी कार्यलयका डिएपी सन्तुलाल जैसवार रहेका छन्। डिएसपी शरत कुमार थापा क्षेत्रीलाई महानगरीय प्रहरी परिसर, ललितपुर सरुवा गरिएको छ, भने डिएपी सन्तुलाल जैसवार लाई जिल्ला प्रहरी कार्यलय धनकुटा सरुवा गरिएको जनाइएको छ। ईलाका प्रहरी कार्यलयको प्रमुख भएर डिएसपी डा.तपन कुमार दाहाल आउदै हुनुहुन्छ भने ईलाका प्रहरी कार्यलय मिर्चैयामा राजेन्द्र श्रेष्ठ आउदै हुनुहुन्छ। 

त्यस्तै ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ । महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । मनाङमा सुवास खड्कालाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ भने त्यहाँका डीएसपी कुलदीप चन्दलाई रानीपोखरी सरुवा गरिएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.