शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मनोज र श्याम कुमारीले गरे जनवादी विवाह
माघ २६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २६ - 
विवाह भन्ने वित्तिकै तामझाम र भिडभाड हुनु कुनै नौलौ विषय भएन र होइन पनि । विवाह सामाजिक संस्कार हो । अपवाद बाहेक सबैले ढिलो वा चाडो वैवाहिक सम्बन्धमा बाँधिन्छन । सामाजिक परम्परालाई सबैले निरन्तरता दिदै आएका छन् । यो प्राकृतिक नियम पनि हो । समाजमा विवाह धेरै प्रकारका छन् । पैसा हुनेले तडकभडक गरेर होटल , पार्टी प्यालेस , सेवा सदनमा गर्छन भने आर्थिक स्रोत कम भएकाहरुले सामान्य ढंगबाट विवाह गर्ने गरेका छन् । सामाजिक संस्कार अनुसार गरिने विवाहको आफ्नै मुल्य मान्यता र परम्परा छ। जनवादी विवाह भनेको समाजलाई उदाहरण पेस गर्नको लागि गरिने विवाह हो । विवाह गर्ने केटाकेटी दुवै जनाको सहमतिमा जनवादी विवाह हुने गर्छ। 

यसै बीच संस्कार र परम्पराको नाममा खर्चिलो विवाह गर्ने चलनलाई तोड्दै लहानका एक जोडीले जनवादी विवाह गरेका छन्।सिरहाको लहान - ५ मा सोमबार लहान - १३ बस्तीपुर निवासी मनोज यादव र वारियारपट्टि-८ श्रीपुर वलुवा निवासी  श्याम कुमारी यादवले आ-आफ्ना अभिभावक, नेकपाका नेता सुरेन्द्र साह, नेकपा जिल्ला कमिटी सदस्य देवनारायण मह्तो, युवा नेता बिबेक परियार सहित आफ्ना नातादारहरुको उपस्तिथिमा एक अर्कालाई वरमाला पहिर्याउँदै विवाह गरेका हुन्। केही समयअघि देखिको प्रेम
सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्नका लागि दुवै जनाले आ- आफ्ना अभिभावकलाई सम्झाई -बुझाई समाजमा व्याप्त कुरीति दहेजप्रथाको अन्त्य गर्न आफूले जनवादी शैलीमा विवाह गरेको मनोज यादवले बताए। 

रातो पहिरनमा सजिएकी श्याम लाई जीवन साथी स्वीकार गर्दै मनोजले सामाजिक विकृति र कूंसस्कारलाई समाप्त पार्न अरु युवालाई पनि कम खर्चिलो र आधुनिक शैलीको विवहा गर्न आग्रह गरे। धेरै तडकभडक देखाएर समाज र जीवनले केही उपलब्धि नपाउने भन्दै उनले समाजलाई सकरात्मक परिवर्तनमा लिन युवा नै अघि सर्नु पर्ने बताए। त्यस्तै श्याम कुमारीले पनि पुरानो कूंसस्कार र दहेजप्रथा विरुद्ध धावा बोल्न सार्वजनिकरुपमा जनवादी विवाह गर्न पाउदा खुसि व्यक्त गरिन। दुवै पक्षका परिवारको सहमतिमा विवाह भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.