शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हानिकारक मुल्य-मान्यतालाई चुनौति दिदै बिना दाईजो विवाह
फाल्गुन ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ फागुन ४ -
परम्परागत कु–संस्कृतिलाइ चुनौति दिदै सोमबार सुडी समुदायका एब मल सिरहा सुपर मार्केट प्रालि . गोलबजारका  सीइओ ( CHIEF EXECUTIVE OFFICER ) पिन्टु राउतले विना दाइजो विवाह गरेका छन् । लहान नगरपालिका वडा नम्बर ७ निवासी सुरज राउत सुडीका छोरा पिन्टु राउतले गण्डकी  प्रदेश पोखरा -११ फुलबारी निवासी बुवा सुशील प्रसाद साह र आमा कान्ति देवी साहकि सुपुत्री निलम साह सँग दाईजो नलिईकन आपसी सम्झौतामा विवाह गरेका हुन्। तराइ–मधेशमा मधेशी समुदायमा विवाह गर्न केटा पक्षले किटान गरी केटी पक्षसँग नगद र जेन्सी दाईजो माग्ने प्रचलन रहेको छ। तर बेहुला राउतका बुवा सुरज राउत सुडी र आमा शोभा देवी राउतले छोराका लागि विभिन्न ठाउँ बाट दाइजो लिई विवाह गर्न प्रश्ताव आए पनि छोरा बुहारीको खुसि लाई मध्य नजर गर्दै आपसी सल्लाहमा बेहुलीतर्फबाट दिन तयार भएको केहि पनि सम्पती नलिई छोराको विवाह विना कुनै तामझाम मात्र २० जना जन्तीको उपस्तिथिमा पोखराको एक पार्टी प्यालेसमा सु-सम्पन्न गरि बुहारी भित्राएका छन्। केटा पक्षबाट दाईजो नलिने र केटी पक्षले पनि दाईजो नदिने भन्ने समझादारी अनुसार विवाह गरिएको एबी मलका संचालक जागिर अन्सारी लगायत दुवै पक्षका स्थानीयहरुको भनाई रहेको छ। मुलुक २१ औं शताब्दीमा प्रवेश गरिसक्दा समेत १८औं शताब्दीका कू–साँस्कृतिक नीति नियम अन्त्य गनुपर्ने संदेश सहित लेनदेन बिनाको विवाह गरिएको राउत र साह परिवारको भनाई छ ।

दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिएकोमात्र पाइन्छ। सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक छ । किनकि दाइजो सामान्यरूपमा उपहारजस्तो बुझिन्छ। उपहार त दिए पनि हुन्छ र नदिए पनि हुन्छ । तर दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाका रूपमा जरा गाडेको हानिकारक मुल्य मान्यता हो ,त्यसलाई चिर्दै राउत र साह परिवारले उदाहरणीय कार्य गरेको विवाहमा सहभागी काठमाडौं निवासी महेश कार्की बताउछन। 

यता दाइजो नलिने भनेपछि केटी पक्ष आश्चर्यमा परेको र यो असम्भव भनेर केही नदिदाँ हाम्रो बेइज्ज हुन्छ जस्तै लागेको थियो"बेहुली निलम साहका बुबा सुशील प्रसाद साह र आमा कान्तिदेवी साहले बताईन। उनले भनिन दाइजो माग्न समय लग्दैन तर हामी आफ्नो दक्षता अनुसार केहि दिन्छु भन्दा पनि हाम्रो सम्धी सम्धिनिले तपाइको छोरी मात्र दिए हामि धन्य हुने छौ ,भन्दै एक सुक्का र केहि सर-सामान पनि लिन्न मान्नु भएन। यस्तो सम्धी -सम्धिनि पाएर निकै हर्षित भएको खुशी हुँदै छोरी र ज्वाईको सुखद दाम्पत्य जीवनको कामना गर्दै " यस्तो शिक्षित परिवारको सक्रिताले कुप्रथाका रूपमा जरा गाडेको( दाइजो प्रथा) अन्त्य हुने विश्वाश समेत व्यक्त गर्नु भयो। 

यता राउतका बुवा सुरज राउत सुडीले छोरा र बुहारी बीच केहि पहिला देखि नै चिनजान भएको हुँदा ,छोराबुहारीको खुसि नै हाम्रो खुसि हो भन्दै दहेजमुक्त विवाह गरेर निकै हर्षित भएको बताउनु हुँदै " हाम्रो समाजमा यस्ता दाईजोका कारण धरै घटनाहरु घटिरहेको हुँदा हाम्रो समाजमा शिक्षाको कमि तथा कू-साँस्कारका करण दाईजो प्रथाले स्थान पाउँदै आएकोले यस्ता हानिकारक मुल्य मान्यता लाई तोड्न साथ दिनुहुने मेरा श्रीमति, छोराबुहारी ,छोरीज्वाई,छोरा छोरी ,सम्धी-सम्धिनी लगायत सम्पूर्ण सुभ चिन्तकहरुमा कृतज्ञता व्यक्त गर्नु भएको छ।

यसर्थ यस जोडिलाई उदारण मान्दै आज सबैले भन्नुपर्छ कि दाइजो प्रथा होइन, यो एक कुप्रथा हो । यो एक सभ्य समाजको बाधक हो । यसको निवारणका लागि विभिन्न नियम कानुन नबनेका पनि होइनन् । नेपालको संविधान २०७२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिकरूपमा सम्मान हुनुपर्ने परिकल्पना गरेको छ ।  यसरी लैंगिक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रथलनमा ल्याइनु आफैँमा विरोधाभाष हो । त्यसैले कानुनका पन्नाहरुमा मात्र सीमित नभई व्यवहारमै हामीले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने, पिन्टु राउत जस्तै गरि विवाह गरि दाइजो प्रथाको अन्त्य गर्न जरुरी देखिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.