शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीकाे डलवा काेशिमा एक पुरुषको वेवारिसे शव फेला
फाल्गुन १६, २०७७ | शुभ नारायण यादव

शुभ नारायण यादव सप्तरी ,१६ फाल्गुन । सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ डलवा स्थित काेशिमा अाज एक जना पुरुषको वेवारिसे शव फेला परेकाे छ । अन्दाजि ३०/३५ बर्षिय साे पुरुषकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सय सन्जय न्याेपानेले जानकारी दिनुभयाे । उहाका अनुसार फेला परेकाे शवकाे पहिचान ( सनाखत) हुन नसकेकाे तथा साे पुरुष काेशिमे बगेर अाएकाे अवस्थामा फेला परेकाे बताउनुभयो । मृतककाे पहिचान हुन नसकेपनि उनकाे मानसिक सन्तुलन ठिक नरहेकाे तथा उनकाे साथबाट एउटा अाइडि कार्ड समेत फेला परेकाे तथा साे घटनाकाे सम्बन्धमा अावश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यता साे मृतककाे शव नेपाल तथा सशस्त्र प्रहरीकाे सन्युक्त टाेलिले उदार गरि शवलाइ पाेष्टमाटृसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा पठाएको तथा घटनाकाे सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.