शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान मालपोत कार्यालयमा बम विस्फोट आठ जना घाइते ,एकको अवस्था
चैत्र १, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत्र १ गते - 
लहान नगरपालिका क्षेत्र भित्र रहेका मालपोत कार्यालय लहानमा दिउँसो १२ बजेर ४० मिनेट जाँदा बम विस्फोट भएको छ। विस्फोटमा परि आठ जना घाइते भएका छन्। घाइते हुनेहरुमा जिल्ला सिरहा बिषणपुरा गाउँपालिका बस्ने कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लिखन्दास भोला बहादुर मगर ,गोलबजार नगरपालिका -६ बस्ने ३५ वर्षीय लक्ष्मी राना र बेचनी मगर ,लहान नगरपालिका -१६ बस्ने ५२ वर्षीय लाल बहादुर बिश्वकर्मा ,गोलबजार बस्ने ३८ वर्षीय फूलकुमारी ठाकुर ,भगवानपुर गाउँपालिका बस्ने ५४ वर्षीय बद्रि नारायण यादव सहित सिरहा धनगडीमाई नगरपालि - ४ बस्ने अन्दाजी ३०/३५ वर्षीय सेवाग्राही दिनेश भण्डारी गरि आठ जना घाइते भएका छन्। जस मध्ये गम्भीर घाइते भएका दिनेश भण्डारी , भोला बहादुर मगर र शिवकुमार यादवको उपचार सप्तऋषि अस्पताल लहानमा भइरहेको छ ,भने बाँकी समान्य घाइते भएकाहरुको उपचार लहान अस्पतालमा भइरहेको लहान प्रहरी प्रमुख डीएसपी तपन दहालले जानकारी दिए। गम्भीर घाइते मध्ये सेवाग्राही दिनेश भण्डारीको अवस्था निकै नाजुक भएको कारण काठमाण्डौ लैजान कानूनमन्त्री लिलानाथ श्रेष्ठले गृह मन्त्रालयसँग नेपाली सेनाको हेलिकप्टर मनगाएका छन्। 

यसै बिच सुरक्षाकर्मीहरु मालपोत कार्यालय भित्र विस्फोटका अवशेषहरु संकलन गरीरहेका छन्। विस्फोटमा संलग्न समूहबारे कुनै प्रमाण घटनास्थलबाट बरामद नभएको डीएसपी दहालले बताए। पर्चा पम्पलेट वा अन्य कुनै प्रमाण भेटिएको छैन उनले भने। भीडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक कुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ। विस्फोटक पदार्थ(कुकर बम)कसले राखेको बारे केहि खुल्न सकेको छैन। विस्फोटबाट कार्यालयमा आगलागी भएको थियो। लहान नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रण गरेको छ। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थित बाक्लो बनाइएको छ। विस्फोटक पदार्थ कसले राखेको हो खुल्न सकेको छैन। डीएसपी दहालका अनुसार घटना कसरी भयोबारे बुझ्दै छौं। घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सयमिटर उत्तर छ। इलाका प्रहरी कार्यालयको सामुन्ने व्यस्त स्थानमा भएको विस्फोटले लहानबासीलाई त्रसित छ। यसै बिच बम विस्फोटक हुँदा प्रहरी ढिलो गरि आएको भन्दै उपस्थित सेवाग्राही,लेखनदास तथा कर्मचारीहरु प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए। यसै बिच बम विस्फोटक भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी ) को पर्चा भेटिएको छ। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.