शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म .स .जोडी द्वरा ५१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
चैत्र ५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत - ५ 
समाजसेवी म .स जोडी .अर्थात महेश चौधरी र संगीता कर्माचार्यले लहान नगरपालिका -१२ मा अवस्थित मा.वि .पडरिया थारु टोलका  ५१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। म .स .जोडीले एलए स्कुल काठमाडौं र एपोलो ओम सेकेन्डरी स्कुलको सहकार्यमा विद्यालयमा अध्ययनरत जेहेन्दार, गरीब, असहाय, विपन्न विद्यार्थीलाई बुधबार शैक्षिक सामग्री वितरण गरेका हुन्। समाजसेवी म .स .जोडीले ५१ जना विद्यार्थीहरुलाई एक सेट स्कुल ड्रेस ,कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ। आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर दुई वटा स्कुल संग सहकार्य गरेर शैक्षिक सामग्री सङ्कलन गरी विद्यालयमा पुगेर वितरण गरिएको समाजसेवी चौधरी र कर्मचारीले जानकारी दिए। म . स . जोडीले यस अघि पनि लकडाउनमा समस्या परेकाहरु लाई राहत स्वरूप खाद्यान उपलब्ध गराएका थिए ,भने अत्याधिक चिसोले जनजीवन प्रभावित भएको बेला विपन्न बस्तीमा कम्बल वितरण गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.