फिरोज शेख लहान २०७७ चैत ६ -
लहान सिटि जेसिजको वार्षिक साधारण सभा तथा १९ औं शाखा अधिवेशन लहान -७ स्थित मारवाडी सेवा सदनमा शनिवार चैत ७ गते विहान ११ बजे देखि हुने भएको छ। विगत अढाई महिना देखि विवादित रहेको साधारण सभा तथा शाखा अधिवेशनलाई विधानसंवत गर्न / गराउन ईलाका प्रशासन कार्यलय लहानका प्रमुख गणेश मिश्राले निर्वाचन अधिकृत जेसी राजु मण्डललाई भनेका छन्। वर्ष २०२० का अध्यक्ष जेसी वसन्त साहले विगत दुई महिना देखि वार्षिक साधारण सभा तथा शाखा अधिवेशन गराउन खोज्दा बोर्डका केहि सदस्यहरुले केहि व्यक्तिको उस्काहटमा बोर्ड मिटिंगमा उपस्थित नभई आलटाल गर्दै साधारण सभा तथा अधिवेशन हुन् नदिने मनसायका साथ मिथ्या आरोप लगाई दुई पटक ईलाका प्रशासनकार्यलयमा उजुरी दिएका थिए। सोहि उजुरी उपर शुक्रवार छलफल गर्दै ईलाका प्रशासन कार्यलय लहानका प्रमुख मिश्राले निर्वाचन अधिकृत मण्डललाई नेपाल जेसिजको विधानमा रही ४० वर्ष पार गरिसकेका जेसिज सदस्यको मताधिकार बदर गरि ४० वर्ष उमेर समुहकालाई मात्र पदाधिकारी र मताधिकार प्रयोग गर्न पाउने गरि साधारण सभा तथा १९ औं शाखा अधिवेशन गर्न ,गराउन हुन् आदेश दिएका हुन्।
शनिवार हुने शाखा अधिवेशनमा वर्ष २०२१ को अध्यक्ष पदका लागि जेसी अजय जयसवाल र जेसी आशा यादव साहको उमेदवारी परेको छ ,भने कार्यकारिणी उपाध्यक्षका लागि जेसी रन्जु सिंह,कुमु चौधरी र मोनु साहको उमेदवारी परेको छ। त्यस्तै उपाध्यक्षहरुमा जेसी राधे सहनी ,उमेश कुमार यादव ,स्वमेव साह ,राम बाबु ठाकुर ,सन्तोष कुमार सोनार र नविन गोसाई रहेका छन् , भने जनसम्पर्क अधिकारीमा जेसी उमेश कुमार साहले एक्लो उमेदवारी दिएका छन्। त्यस्तै तालिम निर्देशकमा जेसी जागेश्वर पासवान एक्लो उमेदवार रहेको निर्वाचन अधिकृत मण्डलले जानकारी दिए। यसै बीच जनसम्पर्क अधिकारी र तालिम निर्देशकमा एक -एक जनाको मात्र उमेदवारी परेको हुँदा दुवै जना निर्विरोध निर्वाचित भएका छन्,भने अध्यक्ष पदका उमेदवार र कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु बीच कडा प्रतिस्पर्धा हुने देखिनछ। किन भने लहान जेसिजको विधान अनुसार कार्यसमितिमा एक जना अध्यक्ष ,दुई जना कार्यकारिणी उपाध्यक्ष र चार जना उपाध्यक्ष, एक -एक जना जनसम्पर्क अधिकारी र तालिम निर्देशक रहने व्यवस्था मात्र गरिएको छ। यता अधिवेशन विवादित नहोस भनि निर्वाचन अधिकृत मण्डलले ४० वर्ष नपुगेका जेसिज सदस्यहरुलाई अनिवार्य रुपमा सकल नागरिकताको प्रमाण -पत्र सहित उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्नहुन् अनुरोध गरेका छन्। निर्वाचन समितिमा जेसिजका पुर्व अध्यक्ष मण्डल सहित विकाश सारडा र उमेश कुमार चौधरी रहेका छन्।