शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डिएसपी थापा द्वारा जनचेतना अभियान जारि
चैत्र ७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ७ - 
सशस्त्र प्रहरी वल सिरहा लहानका डिएसपी विनोद थापाले लागु औषध दुर्व्यसनी तथा विपद व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम लाई निरन्तरता दिएका छन्। डिएसपी थापाले वर्तमान समाजलाई लागू औषधले तहसनहस गरिदिएको कारण केहि हद सम्म सुधार हुने उदेश्यले जनचेतना मुलक अभियानको सुरुवात गरिएको बताए। उनले लागुऔषध समाजिक कुसँस्कार मात्र नभई वर्तमान समाजलाई तहस नहस नै पारिदिएको र यसलाई न्यूनीकरण गर्न समाज नै अग्रसर हुनु पर्ने कुरामा जोड दिएका छन्। स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थीहरुलाई  लागु औषध दुर्व्यसनीमा फस्न नदिन र समाज सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उदेश्य स्वरुप डिएसपी थापाले लहानका स्कुल तथा कलेज हरुमा आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै शुक्रबार एल.एम.सी. कलेज लहानमा अध्यनरत कक्षा ११ का १ सय ४० जना बिद्यार्थीहरु लाई लागु औषध दुर्व्यसनी तथा विपद व्यवस्थापन : आगलागी, भुकम्प सम्बन्धी जनचेतना मूलक जानकारी दिएका छन्।

डिएसपी थापाका अनुसार युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसहरुमा जनचेतना मुलम कार्यक्रम सुरु गरेका छौ" लागु औषधको प्रयोगबाट युवा पिढीमा पर्ने असरहरु, त्यसबाट समाजमा हुने नकरात्क घटना तथा विभिन्न कानुनि अबस्था , मानव शरीरमा पार्ने असर ,लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दाका वेफाईदाहरु, समाजमा कस्ता असर पार्छ र कसरी निवारण गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइएको बताए।
कार्यक्रममा एलएमसि कलेज  लहानका प्रधानाअध्यापक मनोज कर्ण, सहायक प्रधानअध्यापक महेश कुशवाहा,कलेजका शिक्षकहरु विजय  यादव  , बिरेन्द्र यादव, शिव कुमार राई, अमन यादव लगायतको उपस्थिती रहेको थियो। डिएसपी थापा यस अघि लहान -१८ श्री राजाजी बाबा मा.वि. भदैयामा पढने कक्षा ६ देखि ९  सम्मका १ सय १० जना बिद्यार्थीहरु लाई लागु औषध दुर्व्यसनी तथा विपद व्यवस्थापन सम्बन्धी जनचेतना मूलक शिक्षा दिएका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.