शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा प्रथम भेट्रान फुटवल प्रतियोगिता शुरु , उद्घाटन खेलमै ह्याट्रिक
चैत्र ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ८ -
सिरहाको लहानमा लहान भेट्रान फुटवल टिम ( चालिस वर्ष नाघी सकेका खेलाडी ) को आयोजना र हिम कस्तुरी युवा क्लव लहान र कस्तुरी युवा क्लव लहानको सहयोगमा भइरहेको " प्रथम भेट्रान फुटवल प्रतियोगिता " शनिबार बाट शुरु भएको छ। " एक घण्टा व्ययाम ,नागरिकहरुका लागि नौलो आयाम मूल नाराका साथ ४० वर्ष नाघी सकेका खेलाडीहरुको मात्र सहभागिता रहने गरि आयोजना गरिएको प्रथम भेट्रान फुटवल प्रतियोगिता "को उद्घाटन नगरप्रमुख मुनि साह द्वरा गरिएको छ। पशुपति आदर्श माविको प्राङ्गनमा नगर प्रमुख साहले म्याच रेफ्री लाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन मन्तव्यको क्रममा नगरप्रमुख साहले लहानका कुशुल र स्तरीय खेलाडीलाई समावेस गरि लहान नगरपालिका टिम बनाई व्यावसायिक फुटबल खेलाडी बनाउने योजना नगरपालिकाको रहेको बताएका छन्। उनले त्यसको लागि खेलाडीहरुले पनि अनुशासित भएर स्तरीय खेल प्रदर्शन गर्न सक्नु पर्नेमा जोड दिए । नगर प्रमुख साहले युवाहरुको व्यक्तित्व विकासको लागि आफू निर्वाचित भएकै वर्षबाट खेलकुदको कार्यक्रमहरु गर्दै आएको बताए । उनलेभने, ‘मैले यहाँका युवाहरुको व्यक्तित्व विकासको लागि हामीले खेलकुदमा योगदान गर्दै आएका छौ। अहिले युवाहरु कुलतमा धेरै लाग्ने गरेको भन्दै त्यसमा कमि ल्याउन पनि खेलले काम गर्ने बताउनु हुदै आगामी बजेट बाट निरन्तर मेयर गोल्डकप आयोजना गर्ने गरि बजेट पनि छुट्याउने र लहान टिममा आवध खेलाडीहरुका लागि केहि पारिश्रमिकको पनि व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। 

लहान भेट्रान फुटवल टिमका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका विशिष्ट अतिथिहरुमा लहान नगरपालिका उपप्रमुख सरियार चौधरी,प्रदेश -२ फुटवल संघका अध्यक्ष नेपाल कार्की, नेपाल शस्त्र प्रहरी वल लहानका डिएसपी,विनोद थापा, विभिन्न वडाका वडा अध्यक्ष ,भूतपूर्व खेलाडी, संचारकर्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्तिथी रहेको थियो। प्रतियोगिता अन्तर्गत भएको भएको पहिलो उद्घाटन खेलमा रौतहट भेट्रान FC लाई युनाइटेड भेट्रान FC मोरङले शुन्यका विरुद्ध ४ गोल गर्दै विजय भएका छन्। खेलको सुरुवात संगै निकै आक्रमक देखिएका मोरङ भेट्रान FC को जर्सी नम्बर १० का खेलाडी सुरेश अधिकारिले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो खेलमै ३ गोल गर्दै ह्याट्रिक गोल गर्न सफल भएका छन्। उद्घाटन खेलको म्यान अफ-द म्याचको ट्रफी सुरेश अधिकारिलाई प्रदान गरिएको कस्तुरी युवा क्लवका अध्यक्ष साज आलेले जानकारी दिए।  प्रतियोगिता अन्तर्गत आइतबारको खेल विराटनगर भेट्रान FC मोरंग र दमक भेट्रान फुटवल टिम झापा बीच हुने आयोजकले जनाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.