शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिजको अधिवेशन स्थगित
चैत्र ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ८ - 
लहान सिटि जेसिजको वार्षिक साधारण सभा तथा १९ औं शाखा अधिवेशन स्थगित भएको छ। विगत अढाई महिना देखि विवादित रहेको साधारण सभा तथा शाखा अधिवेशन शनिवारका लागि डाकिए पनि नेपाल जेसिजको विधान अनुसार सदस्य गणपुरक संख्या नपुगेका कारण अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत जेसी राजु मण्डलले जानकारी गराएका छन्। अधिकृत मण्डलका अनुसार चैत ७ गते शनिवारका दिन राखिएको अधिवेशनमा ५१ % कार्यसमितिका सदस्यहरुको उपस्थित नभएका कारण अधिवेशन स्थगित गर्नु परेको र यहि आउँदो शनिवार चैत १४ गते पुनः साधारण सभा तथा शाखा अधिवेशन नेपाल जेसिजको विधान अनुरुप नै हुने निर्णय गरिएको जानकारी गराए। 

अधिकृत मण्डलका अनुसार विगत अढाई महिना देखि विवादित रहेको वार्षिक साधारण सभा तथा शाखा अधिवेशन विधानसंवत गर्न / गराउन ईलाका प्रशासन कार्यलय लहानका प्रमुख गणेश मिश्राले आफु लाई पत्र मार्फत जानकारी गराएको हुँदा विधान अनुरुप नै साधारण सभा तथा अधिवेशन गराउने प्रक्रियामा निर्वाचन समिति लागि परेको प्रष्ट परेका छन्। यता वर्ष २०२० का अध्यक्ष जेसी वसन्त साहका अनुसार  विगत दुई महिना देखि वार्षिक साधारण सभा तथा शाखा अधिवेशन गराउन खोज्दा बोर्डका केहि सदस्यहरुले केहि व्यक्तिको उस्काहटमा बोर्ड मिटिंगमा उपस्थित नभई आलटाल गर्दै साधारण सभा तथा अधिवेशन हुन् नदिने मनसायका साथ मिथ्या आरोप लगाई दुई पटक ईलाका प्रशासनकार्यलयमा उजुरी दिएका कारण उजुरी उपर शुक्रवार छलफल गर्दै ईलाका प्रशासन कार्यलय लहानका प्रमुख मिश्राले निर्वाचन अधिकृत मण्डललाई नेपाल जेसिजको विधानमा रही ४० वर्ष पार गरिसकेका जेसिज सदस्यको मताधिकार बदर गरि ४० वर्ष उमेर समुहकालाई मात्र पदाधिकारी र मताधिकार प्रयोग गर्न पाउने गरि साधारण सभा तथा शाखा अधिवेशन गर्न ,गराउन हुन् आदेश दिएको हुँदा सबै कार्यक्रमहरु विधान भित्र रही हुनु पर्ने कुरामा जोड दिएका छन्। 

यता अधिवेशन विवादित नहोस भनि निर्वाचन अधिकृत मण्डलले ४० वर्ष नपुगेका जेसिज सदस्यहरुलाई अनिवार्य रुपमा सकल नागरिकताको प्रमाण -पत्र सहित चैत १४ गते शनिबार विहान ११ बजे मारवाडी सेवा सदनमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्नहुन् अनुरोध गरेका छन्। निर्वाचन समितिमा जेसिजका पुर्व अध्यक्ष मण्डल सहित विकाश सारडा र उमेश कुमार चौधरी रहेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.