शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भेट्रान फुटवल प्रतियोगिताको दोस्रो खेलमा दमक विजय
चैत्र ९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ९ - 
सिरहाको लहानमा लहान भेट्रान फुटवल टिम ( चालिस वर्ष नाघी सकेका खेलाडी ) को आयोजना र हिम कस्तुरी युवा क्लव लहान र कस्तुरी युवा क्लव लहानको सहयोगमा भइरहेको " प्रथम भेट्रान फुटवल प्रतियोगिता " अन्तर्गत सम्पन्न दोस्रो खेलमा दमक भेट्रान फुटवल टिम झापा विजय भएका छन। प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न विराटनगर चौधरी -११ भेट्रान FC मोरंग र दमक लखनपुर भेट्रान फुटवल टिम झापा बीचको खेलमा दमकले एक गोलका विरुद्ध विराटनगर लाई चार गोल गर्दै विजय भएका हुन। दोस्रो खेलमा पहिलो गोल गर्ने दमकका खेलाडी सन्तोष बस्नेत लाई फुटबलका पार्खी शुभचिन्तक बाबुलाल माझि द्वारा नगद रु .१ हजार १ सय प्रदान गरिएको छ ,भने खेलमा उत्कृष्ट प्रदर्शन गरेका दमक भेट्रान टिमका शुभाष आङ्गतु लिम्बु लाई म्यान अफ द म्याचको उपाधि बाट सम्मान गरिएको कस्तुरी युवा क्लवका अध्यक्ष साज कुमार आलेले जानकारी दिए। 

 " एक घण्टा व्ययाम ,नागरिकहरुका लागि नौलो आयाम मूल नाराका साथ ४० वर्ष नाघी सकेका खेलाडीहरुको मात्र सहभागिता रहने गरि आयोजना गरिएको प्रथम भेट्रान फुटवल प्रतियोगिता "को उद्घाटन नगरप्रमुख मुनि साह द्वरा म्याच रेफ्री लाई बल हस्तान्तरण गरि आइतबार   गरिएको थियो। उद्घाटन मन्तव्यको क्रममा नगरप्रमुख साहले लहानका कुसल र स्तरीय खेलाडीलाई समावेस गरि लहान नगरपालिका टिम बनाई व्यावसायिक फुटबल खेलाडी बनाउने योजना नगरपालिकाको रहेको बताएका थिए। उनले त्यसको लागि खेलाडीहरुले पनि अनुशासित भएर स्तरीय खेल प्रदर्शन गर्न सक्नु पर्नेमा जोड दिए। नगर प्रमुख साहले युवाहरुको व्यक्तित्व विकासको लागि आफू निर्वाचित भएकै वर्षबाट खेलकुदको कार्यक्रमहरु गर्दै आएको बताउदै ‘यहाँका युवाहरुको व्यक्तित्व विकासको लागि हामीले खेलकुदमा योगदान गर्दै आएको जानकारी गराउदै अहिले युवाहरु कुलतमा धेरै लाग्ने गरेको हुँदा त्यसमा कमि ल्याउन पनि खेलको अहम भूमिका हुने भएकोले आगामी बजेट बाट निरन्तर मेयर गोल्डकप आयोजना गर्ने गरि बजेट पनि छुट्याउने र लहान टिममा आवध खेलाडीहरुका लागि केहि पारिश्रमिकको पनि व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। प्रतियोगिताको उद्घाटन सत्र लहान भेट्रान फुटवल टिमका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा रौतहट भेट्रान FC लाई युनाइटेड भेट्रान FC मोरङले शुन्यका विरुद्ध ४ गोल गर्दै विजय भएका थिए। 

प्रतियोगिताको फाइनलमा विजेता हुने भेट्रान फुटवल टीमलाई नगद रु . ५० हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने छ ,भने उप-विजेता टिम लाई नगद रु .२५ हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने हिम कस्तुरी युवा क्लव लहानका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए। प्रतियोगितामा मोरङ ,झापा ,लहान ,सर्लाही,रौतहट र उदयपुरका गरि आठ वटा टिम सहभागी छन्।  प्रतियोगिता अन्तर्गत सोमबारको खेल लहान भेट्रान फुटवल टिम लहान र गाईघाट भेट्रान फुटवल टिम उदयपुर बीच दिउँसो ४ बजे देखि हुने आयोजकले जनाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.