शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा लायन्स क्लब अफ लहान हाईटको स्थापना
चैत्र ११, २०७७ | फिरोज शेख


फिरोज शेख लहान २०७७ चैत ११ - 
सिरहाको लहानमा एक कार्यक्रमका बीच लायन्स कल्ब अफ लहान हाईटको स्थापना गरिएको छ। विश्वको महान मानवीय सेवा संस्था लायन्स क्लब अन्तर्राष्ट्रियमा आवद्ध भई समाजसेवी जय कृष्ण यादवको अध्यक्षतामा लायन्स कल्ब अफ लहान हाईटको स्थापना गरिएको छ। पुर्व शिक्षा मन्त्रि चित्रलेखा यादवको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि गभर्नर लायन डा.शुशिला मल्ल, समाजसेवी डा.कृष्ण यादव , नवराजपुर गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादव, लायन सम्भु प्रसाद घिमिरे र अतिथिहरु लायनहरु केशव पाण्डे ,दिनेश प्रसाद श्रेष्ठ ,मधुकर कुमार , इलाका प्रहरी कार्यलय लहानका डिएसपी डा.तपन दाहाल ,शस्त्र प्रहरी वल लहानका डिएसपी विनोद थापा , लायन्स कल्ब लहान सिटीका चक्रपाणि दाहाल ,धरणीधर अधिकारि, म.स.जोडी महेश चौधरी र संगिता कर्माचार्य, समाजसेवी राम गणेश दास,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्धक फिरोज शेख लगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ,राजनितिककर्मीको उपस्तिथिमा जय कृष्ण यादवको अध्यक्षतामा लायन्स कल्ब अफ लहान हाईटको स्थापना गरिएको हो।

 शाखा स्थापना कार्यक्रममा अध्यक्ष यादव सहित सदस्यहरु दीप माला चौधरी ,शिखा चौधरी,उमेश कुमार चौधरी,हिरालाल कामति ,मोनिका कर्ण ,प्रतिमा साह ,संगीता कुमारी सिंह ,देवेन्द्र यादव ,दिपेश कुमार यादव,लाल बिहारी यादव ,ललिता यादव,ममता यादव,प्रमोद कुमार यादव,राम विनय यादव,राम ध्यान यादव,रंजित कुमार यादव,संजय कुमार यादव,सरोज कुमार यादव,सुर्यानाथ यादव र उमेश यादव गभर्नरडा.शुशिला मल्लले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै लायन्स कल्बका बारेमा जानकारी गराउदै सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको काम र कर्तव्यको बारेमा प्रष्ट पर्दै संस्थाको वडापत्र समेत प्रस्तुतिकरण गर्नु भएको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव्य राख्दै स्थापित नविन सामाजिक सेवा संस्था लायन्स कल्ब अफ लहान हाईटले सामाजिक क्षेत्रमा उदाहरणीय तथा नमुना काम गर्दै जाओस भनि सफलताको कामना गरेका थिए। उपस्थित सम्पूर्ण पाहुनाहरुलाई अध्यक्ष यादवले दोसल्ला,खादा तथा मायाको चिनोले सम्मान गरेका थिए।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.