शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पाठेघर सम्बन्धि तीनदिने नि:शुल्क स्वास्थ्य शिविर सुरु
चैत्र १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १२ - 
लहान नगरपालिका स्वास्थ्य शाखा द्वारा आयोजना गरिएको महिलाहरुको पाठेघर खस्ने सम्बन्धि तिन दिने महिला तथा स्त्री रोग बिशेषज्ञ द्वारा जाँच शिविरको उद्घाटन लहान ५ मा अवस्थित होमियोपैथिक अस्पतालमा नगरप्रमुख मुनि साह द्वारा बुधबार एक कार्यक्रमका बीच गरिएको छ। शिविरको पहिलो दिन चैत्र ११ गते बुधबार लहान नगरपालिका वडा नम्बर ४ देखि १० नम्बर सम्मका महिलाहरुलाई समेट्ने गरि लहान ५ को होमियोपैथिक अस्पतालमा र वडा नम्बर १,२ र ३ का लागि शहरी क्लिनिक ,मटियर्वा रखा स्कुल लहान -१ मा शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा अधिकृत राम सुन्दर यादव बताए। अधिकृत यादवका अनुसार शिविरको दोस्रो दिन चैत १२ गते विहिवार लहान- १९,२०,२१ र २३ का लागि छर्रापट्टि स्वाथ्य चौकी लहान-१९ मा र लहान ११ ,१२ र २२ का महिलाहरुका लागि पडरिया स्वास्थ्य चौकी लहान-१२ मा शिविरको आयोजना गरिएको छ भने ,शिविरको तेस्रो दिन चैत १३ गते शुक्रबार लहान १३,१४ र २४ का लागि गोविन्दपुर स्वास्थ्य चौकी लहान -२४,लहान १५ र १८ का लागि भदैया स्वास्थ्य चौकी लहान -१८ त्यस्तै लहान १६ र १७ का महिलाहरुका लागि तरेगाना स्वास्थ्य चौकी लाहा-१७ ( गोविन्दपुर ) मा नि: शुल्क पाठेघर सम्बन्धि शिविरको आयोजना गरिएको छ। 

अधिकृत यादवका अनुसार शिविरको पहिलो चरणमा हामीले लहान नगरपालिका भित्र पाठेघरको समस्या भएका कति जना महिलाहरु हुनुहुन्छ त्यसको तथ्यांक संगै पाठे घरको स्क्रिनिग गरि औषधि, रिङ्ग वा ओप्रेशन बाट समस्याको समाधान हुनेहो त्यसको सम्पूर्ण खर्च लहान नगरपालिकाले व्यहोर्ने गरि पहिलो चरणको शिविर आयोजना गरिएको बताए। शिविरमा महिला तथा स्त्री रोग बिशेषज्ञ डा.रन्जिता जयसवाल ,डा.शुशिला सिंह,डा.दिलिप कुमार साह,डा.विरेन्द्र कुमार यादव लगायतका बिशेषज्ञ डाक्टरहरु द्वारा पाठेघरको चेकजाँच गरिने जनाइएको छ। 

उद्घाटन सत्रमा नगरप्रमुख साहले,'हाम्रो लहान,समृद्ध लहानको नारा कार्यान्वयन गर्न अन्य क्षेत्र झै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर अघि बढि रहेको बताउनु हुँदै लहान नगरपालिका कृषि शाखाले प्लान्ट र पशु शिविर सकिए लगतै स्वास्थ्य शाखाले नि:शुल्क आँखा उपचार शिविर सम्पन्न गर्दै महिलाहरुको पाठेघर खस्ने सम्बन्धि नि :शुल्क शिविरको आयोजना गरेको हुँदा यस शिविरमा पाठेघर सम्बन्धित समस्या जस्तै  पेट दुख्ने, पानी बग्ने ,पाठेघरको मुखमा घाउ हुने,गर्भवती हुादा बच्चा पाठेघरभन्दा बाहिर बस्ने ,महिनावारी नियमित नहुने लगायत समस्या भएका महिलाहरुलाई आफुलाई पायक पर्ने स्वास्थ्य शिविरमा गई चेकजाँच गराउन्हुन अनुरोध गर्नु भयो। 

यसै बिचि कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा उपप्रमुख सरियार चौधरी,लहान नपाका प्रवक्ता राजकुमार साह र लहान -७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले प्रायः महिलामा देखा पर्ने प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो, पाठेघर झर्ने समस्या विशेषगरी, ग्रामीण क्षेत्रका महिलामा यस्तो समस्या बढी मात्रामा देखिने गर्छ । सन्तान जन्माएका, उमेर नपुगी गर्भवती भएका, सुत्केरी भएको ६ हप्ताभन्दा अगाडि नै जटिल शारीरिक काम गर्दा, गर्भवतीको अवस्थामा पौष्टिक आहार नलिँदा यस्तो समस्याले सताउने गरेको बताउदै समस्या भएका महिलाहरु लाई नि:शुल्क शिविरमा स्वास्थ्य लाभ लिनहुन आग्रह गर्दै शिविरको सफलताको कामना गर्नुभयो। कार्यक्रमा विभिन्न वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,संचारकर्मी तथा सर्वसाधारणहरुको उपस्तिथी रहेको थियो। उद्घाटन सत्रको अध्यक्षता लहान -५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीले गर्नु भएको थियो। यसै बीच बुधबार सम्पन्न नगरपालिकाको बोर्ड बैठकले होलि तथा नयाँ वर्ष २०७८ को शुभकामना सहित नगरक्षेत्र भित्रका कृषकहरुले खेतमा लगाएको विधुतको खपत महसुल मास्टर मिटरमा जडान गरेपछि सम्पर्ण शुल्क लहान नगरपालिकाले नै व्यहोर्ने निर्णय भएको बताइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.