शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा भिषण आगलागी हुँदा लाखौंको क्षति
चैत्र १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १२ - 
चैत महिनाकाे शुरुवातसगे सप्तरीमा आगलागीको घटनामा बृद्धि भएको छ। सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.३ भुसिमाेलिया टाेलमा विहिवार दिउँसो आगलागी हुदा झण्डै ६ लाख भन्दा बढिकाे धनमालकाे क्षति भएको प्रहरीले जनाएको छ । स्थानिय बिन्दुलाल साहकाे घरबाट अचानक सल्केकाे आगलागीमा साहकाे एउटा फुसकाे घर जल्नुका साथे छिमेकिहरु जिलाेविया पाल र रामपृित पालकाे १/१ वटा घर तथा घरमा रहेका सम्पूर्ण सर समान जलेर साे मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि तथा प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए। डिएसपि काफ्लेका अनुसार आगलागी  कसरि भयाे भन्ने कुरा खुल्न नसकेपनि साे आगलागीमा राम प्रित पालकाे घरमा रहेको नगद १ लाख ५ हजार सहित धान ,चामल ,गहु लगायत छिमेकि जिलाेबिया पालकाे २ वटा बाख्राकाे पाठाे समेत जलेर मरेका छन । यता आगलागी स्थानियबासि ,सशस्त्र प्रहरी तथा इलाका प्रहरी कार्यालय कडरबाेना र राजविराज तथा लहानबाट गएको बारुण यन्त्रकाे सहयोगमा आगलागी नियन्त्रणमा आएको रेडियो सरगम ९३ मेगाहर्जमा कार्यरत प्राविधिक तथा स्थानीयवासी जिबछ साहले जानकारी दिए ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.