शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मैत्रीपूर्ण खेलमा उपप्रमुखको टिम विजय
चैत्र १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १३ - 
सिरहाको लहानमा जनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। लहान -७ मा अवस्थित पशुपति आदर्श माविको प्रांगणमा  सञ्चालन भएको जनप्रतीनिधिबीचको मैत्रीपूर्ण फुटबल खेलमा उपप्रमुख सरियार कुमारी चौधरीले नेतृत्व गर्नु भएको लहान -१३ देखि २४ नम्बर वडा सम्मका जनप्रतिनिधिहरुको टिम ( B ) ले जित हासिल गरेको छ। नगर प्रमुख मुनि साहको नेतृत्व रहेको वडा न .१ देखि वडा न .१२ सम्मका जनप्रतिनिधिहरुको सहभागिता रहेको टिम ( A ) र उपप्रमुख सरियार कुमारी चौधरीले नेतृत्व गर्नु भएको टिम बीच भएको रोमान्चक मैत्रीपूर्ण खेलमा टिम ( A ) लाई शुन्यका विरुद्ध टिम ( B ) ले वडा न.२१ का अध्यक्ष हेमन्त कुमार यादवको दुई गोलको मद्दतले विजय भएका हुन। एक घण्टा अवधि तोकिएको खेलमा खेल शुरु भए देखि नै टिम (B) ले दबदबा बनाउदै गोल गर्ने थुप्रै अवसर पाए पनि टिम ( A ) का गोलकिपर वडा न .६ का अध्यक्ष अरुण केसीले गोल बचाएका थिए। यसै बीच खेल अवधिभर टिम ( A )का जनप्रतिनिधि वडा न .८ का अध्यक्ष विजय कुमार महतो र वडा न .९ का अध्यक्ष प्रदिप कुमार चौधरीले २/३ पटक गोल गर्ने अवसर पाए पनि बललाई नेट चुमाउन सकेनन। 

खेलको पहिलो हाप सम्म निकै घम्सा -घम्सी भए पनि कुनै टिम बाट गोल हुन सकेन। खेलको दोस्रो हापमा टिम (B) का वडा न .१७ का अध्यक्ष प्रथमलाल चौधरी ,१५ का अध्यक्ष तेज नारायण चौधरी र वडा -१९ का अध्यक्ष हाकिम मिया राइनले उत्कृष्ट प्रदर्शन गर्दै हेमन्त यादवलाई दुई गोल गर्न सगाएका थिए। खेलमा पहिलो गोल गरे वपात रेडियो सरगम ९३ मेगाहर्जको तर्फ बाट रेडियोका प्रवन्धक फिरोज शेखले हेमन्त यादव लाई पाँच सयको उपहार प्रदान गरेका थिए भने खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका यादवलाई नै म्यान अफ द म्याच घोषित गर्दै हिम कस्तुरी युवा क्लवका अध्यक्ष शम्भु चौधरीले पाँच सय एक रुपैयाको पुरस्कार बाट सम्मानित गरेका थिए।  

" एक घण्टा व्ययाम ,नागरिकहरुका लागि नौलो आयाम मूल नाराका साथ ४० वर्ष नाघी सकेका खेलाडीहरुको सहभागितामा सिरहाको लहानमा आयोजित " प्रथम भेट्रान फुटवल प्रतियोगिता " अन्तर्गत खेलिएको मैत्रीपूर्ण खेलको मुख्य उदेश्य नगरक्षेत्र भित्रका जनसमुदाय लाई खेल प्रति आकर्षित गर्नु रहेको जनप्रतिनिधिहरुले प्रतिक्रिया दिएका छन्। खेलको उद्घोषण संचारकर्मी सन्तोष सुवेदी तथा कपिल विश्वकर्माले गरेका थिए। 

यसै बीच लहान भेट्रान फुटवल टिमको आयोजना र हिम कस्तुरी युवा क्लव लहान तथा कस्तुरी युवा क्लव लहानको सहयोगमा जारि प्रतियोगिता अन्तर्गत शनिबार हुने फाइनल खेलमा विराटनगर युनाइटेड भेट्रान FC मोरङ र दमक भेट्रान फुटवल टिम झापा उपाधिका लागि भिड्दै छन। फाइनल खेलमा विजेता फुटवल टीमलाई नगद रु .५० हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने छ ,भने उप-विजेता टिम लाई नगद रु .२५ हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने आयोजकले जनाएको छ। खेल शनिबार दिउँसो २:३० बजे देखि शुरु हुनेछन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.