शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वैश्य युवा संघद्वारा एसिड पीडितलाई आर्थिक सहयोग
चैत्र २३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत २३ -
वैश्य युवा संघद्वारा एसिड पीडितलाई आर्थिक सहयोग गरेका छन्। गत कार्तिक २९ गते आफ्नै श्रीमान्ले गरेको एसिड प्रहारबाट घाईते भएकी धनुषाकी एसिड पीडित आरती साहलाई आर्थिक सहयोग गरेका हुन्। स्वास्थ्यकर्मी समेत रहेका सामाजिक अभियन्ता मोहन साहको पहलमा पीडित आरतीलाई राष्ट्रिय नेपाल वैश्य युवा संघका पदाधिकारीहरूले आर्थिक सहयोग गरेका हुन् । धनुषाको ढल्केवरमा आयोजित संघको प्रदेश २ स्तरीय सम्मेलनका क्रममा सम्मेलनमा सहभागिहरूमध्येबाटै आर्थिक संकलन गरि आरतीलाई सहयोग गरिएको वैश्य युवा संघका अध्यक्ष दिलीपचन्द साहूले बताए ।

उनकाअनुसार आरतीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारण उनलाई आफूहरूले संकलन गररे सहयोग स्वरुप ४१ हजार ९ सय २० रुपैयाँ सहयोग गरेको हो। जनकपुरधाम उपमहानगरपालिका ७ स्थित बुवा आमासँगै बस्दै आएकी आरतीलाई जीवीकोपार्जनमा थोरै भए पनि सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरिएको अध्यक्ष साहूले बताए । यस अघि आरतीलाई विभिएस नामक संस्थाले समेत उनको उपचारको बेलामा २० हजार रुपैयाँ सहयोग गरेको थियो । सोही अवसरमा प्रदेश २ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री शैलेन्द्र साहले आरतीको उपचारको लागि आवश्यक प्रवन्ध गरिदिने प्रतिवद्धता जनाएका आरतीका बुवा सुबोध साहले बताए।

यसै बीच नेपाल वैश्य युवा संघद्वारा आयोजित प्रदेश न .२ स्तरीय वैश्य सम्मेलन धनुषाको ढल्केवरमा सम्पन्न भएको छ।वैश्य समाजको राष्ट्रिय पहिचान, जातीय स्वाभिमान र आत्मसम्मान रक्षाको लागी क्रियासील नेपाल वैश्य युवा संघले सो सम्मेलनको आयोजना गरेको थियो। भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकोअतिथिहरुमा प्रदेश सांसदहरू शिव चन्द्र चौधरी,  सुरिता साह, निरा कुमारी साह लगायत सबैला नगरपालिकाको प्रमुख बिजय शंकर साह, पुर्व मन्त्री अरबिन्द साह, वैश्य कन्या छात्रावास जनकपुरधामको अध्यक्ष इ.प्रकाश चन्द्र साह लगायत दर्जनौं अतिथिहरुको उपस्थिति रहेको थियो। १५ जिल्लाको वैश्य समाजको उपस्थितिमा प्रदेश न.२ स्तरीय वैश्य सम्मेलनबाट राजु साहको अध्यक्षतामा २५ सदस्यीय नेपाल वैश्य युवा संघको प्रदेश समिती गठन गरियो छ। भने उपाध्यक्षमा लहानका चर्चित व्यापारी तथा जसपाका युवा नेता बिनोद साह निर्विरोध चयन भएका छन्। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.