शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पत्रकार महासंघ सिरहामा यादव नेतृत्वको पुरा प्यानल विजयी,युवा संघ द्वारा
चैत्र २६, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ चैत २६ - 
नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज यादव बनैता ७ मतले विजय भएका छन्। नेपाल पत्रकार महासंघ सिरहा शाखाको सम्पन्न निर्वाचनबाट मनोज यादव बनैता नेतृत्वमा रहेकाे पुरा प्यानल नै विजयी भएको छ । सिरहा महासंघको नयाँ नेतृत्वका लागि मनोज यादव बनैता र प्रेस युनियन , प्रेस संगठनको संयुक्त उमेद्वार  हिरालाल चौधरी नेतृत्वको प्यानल बीच भएको कडा प्रतिस्पर्धामा यादव नेतृत्वको पुरै प्यानल विजय भएका छन् । नव निर्वाचित उपाध्यक्षमा गणेशप्रसाद साह, महिला उपाध्यक्षमा रिकुकुमारी दास, कोषाध्यक्षमा वीरेन्द्रप्रसाद नेपाल , सचिवमा शिबदयाल यादव , सहसचिवमा राजेन्द्र महतो र सहसचिव समावेशीमा दुर्गा परियार रहेका छन्। नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको सिरहा शाखाको निर्वाचन समितिका मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको थियो,जसमा ८४ जना सदस्य मध्ये ८३ जनाले मतदान गरेका थिए। सिरहा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा मनोज बनैता ४५  मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी हिरालाल चौधरीले ३८ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा गणेशप्रसाद साह ४३ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी जिबछ यादव उदासी ३९ मत ल्याएका हुन् । महिला उपाध्यक्षमा रिकुकुमारी दास ४२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी यमुना खनालले ३६  मत ल्याएको निर्वाचन समितले जनाएको छ। त्यसैगरी सचिवमा शिबदयाल यादव ४२ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्दी शम्भु यादवले ३९ मत ल्याएर हार व्यहोरेका छन् । त्यस्तै सहसचिवमा राजेन्द्र महतो ४५ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राम भरोषि महतोले ३७ मत ल्याएका छन् । सहसचिव समावेशीमा दुर्गा परियारले ५२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी आशिष कुमार विश्वकर्माले ३१ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा वीरेन्द्रप्रसाद नेपालले ४३ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी एलिना हिमांग चौधरीले ३९ मत ल्याएका छन्।

यसैगरी खुल्ला सदस्यहरुमा दिनेश कुमार दास ४६ ,विरेन्द्र यादव ४७ ,हरि भक्त लामा ५० ,श्री नारायण यादव ४८ मत प्राप्त गरि विजय भएका छन् भने समावेसी सदस्य तर्फ सुरेन्द कामति ४८ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी अनुरुध ठाकुरले २८ मत प्राप्त गरि पराजित भएका छन्। यसैगरी केन्द्रिय परिषद सदस्यमा दिनेश्वर प्रसाद गुप्ता ६४ ,चन्द्रदेव कामति ५८ र डा.जय नारायण यादव ५७ मत प्राप्त गरि विजय भएका छन्। यसै बीच निर्वाचित पदाधिकारी तथा निर्वाचनमा मुख्य भिमिका निर्वाह गरेका संचारकर्मीहरु लाई नेकपा एमाले माधव कुमार नेपाल निकट नेपाल युवा संघ सिराहाका संयोजक राजेश कुमार यादव सहित युवा संघका युवाहरुले अविर र गम्छा लगाएर सफल कार्यकालको शुभकामना सहित सम्मान गरेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.