शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा युवा संघ नेपालको युवा भेला हुँदै
चैत्र २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत २७ - 
सिरहामा युवा संघ नेपालको युवा भेला हुने भएको छ। सिराहाका युवाहरुको गौरवसाली संगठन युवा संघ नेपाल सिरहाले युवा भेलाको आयोजना गरेका छन्। चैत २७ गते सिरहाको गोलबाजार स्थित पन्च युग पार्टी प्यालेशमा विहान ११ बजे देखि भेला हुन् गईरहेको नेकपा एमाले माधव कुमार नेपाल निकट युवा संघले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। जारि प्रेस विज्ञप्तिमा भनिएको छ , देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवाहरुलाई पुनः आन्दोलनमा होमिनु पर्ने आवश्यकता देखिएको र सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले )र नेकपा (माओवादी केन्द्र )बिच भएको एकतालाई खारेज गरेपछी पार्टी र पार्टीका मातृ संगठनका कमिटिहरुमा त्यसको प्रभाव परेको छ । सम्मानित अदालतको निर्णयले पार्टी र मातृ संगठनलाई ३ जेठ २०७५ भन्दा अगाडीको अवस्थामा पुर्याईदिएको छ । सोही सन्दर्भमा युवा संघ नेपाल लाई पनी परिवर्तित परिस्थितमा पुर्नगठित गर्नुपर्ने आवश्यकता महसुश भएकोले परिवर्तित अवस्थामा संघलाई पुर्णगठन र सुदृढिकरण गर्नुपर्ने अवश्यकतालाई बोध गर्दै युवा संघ नेपालको जिल्ला कार्यकर्त्ता भेला आयोजना गरिएको आयोजक कमिटीका संयोजक राजेश यादव द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

भेलाको सम्पूर्ण तयारि पुरा भएको जानकारी गराउदै उक्त भेलामा जिल्ला कमिटी पदाअधिकारी तथा सदस्य, क्षेत्र कमिटी पदाधिकारी तथा नगर कमिटी पदाअधिकारी र सदस्यहरुको सहभागिता रहने जनाइएको छ। भेलालाई युवा संघ नेपालका अध्यक्ष नरेश साहीले उदघाटन गर्नुहुने छ । भने भेलाले संगठनका आगमी कार्यदिशा तथ गर्नेछ। भेलालाई सफलता पुर्वक सम्पन्न गर्नका लागी युवा संघ नेपाल सिरहाले  हार्दिक अपिल गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.