शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा फेरि सुनचाँदी व्यापारीको घरमा करोडौको डकैती
चैत्र ३०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ३१ - 
शनिबार राति हतियारधारी डाँका समूहको आक्रमणबाट लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका प्रदिप मिझारको हत्या घटना सेलाउन नपाउदै लहान -७ का सुनचाँदी व्यापारीको घरमा फेरी डकैती भएको छ। हतियारधारी ६÷७ जनाको डाँका समूह राजेश सारडाको घरमा प्रवेश गरी उनका उनका छोरा गौरव सारडाको कन्चटमा पेस्तोल भिडाई पिता भगिरथ सारडा र श्रीमती मंजुदेवी सारडा लाई धारिलो हतियारले टाउको र शरीरमा प्रहार गर्दै करोडौको सुनचाँदी लुटेका छन्। 

हतियारधारी समूहले दुई वडा दराजको लकर फोडेर सुनचाँदी लुटेको भगिरथ सारडाले बताए। डाँका समुहले सारडाको जीप समेत लिएर गएका थिए। गौरव सारडाकाअनुसार म साँझ करिब ६:३० बजे गाडी लिएर घरको कम्पाउण्ड भित्र प्रवेश गर्दा तिन जना डाँकाहरु पहिला देखि नै घर संगै रहेको गार्डेनमा लुकेर बसिरहेका थिए। त्यसको करिब १५ मिनेट पछि तिनै जना दुई वटा पेस्तोल र हाते हतियार सहित मेरो कन्चटमा पेस्तोल तेर्साउदै घर खोल्न लगाउदा आमाले घर खोल्नु भयो ,म भागेर घर भित्र पसन खोज्दा उनीहरुले आमा र हजुर बुवालाई नियन्त्रणमा लिएर हाते हतियारले कुटपिट गर्दै सुनचाँदी लुटेर म संग गाडीको साँचो लिएर भाग्न सफल भए। करिब २० देखि २५ वर्ष उमेरसमूहका उक्त डाँकाहरु बिना मास्क नै घटनालाई अन्जाम दिएका छन्। यसै बीच घटना भएको केहि समय पश्चात शस्त्रका डिएसपी बिनोद थापाको कमान्डमा गएको प्रहरी टोलीले चारै तिर हाइएलर्ट गराए पछि घटनाको डेढ घण्टा पछि गाडी सिरहाको बेल्हा भन्ने ठाउँमा फेला परेको डिएसपी थापाले बताएका छन्। यसै बीच लहानमा निरन्तर भइरहेको घटनाका कारण स्थानीयहरु असुरक्षित भएको भन्दै फितलो सुरक्षा व्यवस्थाको स्थानीयहरू विरोध गर्दै सुरक्षा निकाय माथि आक्रोशित हुँदै खनिएका छन्। 

यता इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दहालका अनुसार घटनाको प्रकृति हेर्दा शनिबार राती भएको घटना जस्तै  देखिन्छ। त्यही समूह यो घटना पनि घटनाएको हो कि भन्ने शंका छ उनले भने। शनिबार राती लहान नगरपालिका–२३ स्थित सुनचाँदी व्यापारी प्रदीपकुमार मिझारको हत्या भएको थियो। पसलसँगै रहेको उनको डेराबाट सुनचाँदी डकैती गरेपछि हतियारधारी समूहले खुकुरी र पेस्तोल प्रहार गरी उनको हत्या गरेको थियो। घटना बारे थप अनुशन्धान भइरहेको प्रहरीले बताएका छन्। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.