शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्याक्टरले किच्दा वालकको ज्यान गयो
चैत्र ३१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ३१- 
सिरहाको लहानमा ट्याक्टरले किच्दा एक वालकको ज्यान गएको छ। लहान १९ लहान-ठाडी सडक खण्डमा घर अगाडी खेलिरहेका अजय यादवको अढाई वर्षीय छोरा आशिक यादव लाई स.१ त ६२७९ नम्बरको ट्याक्टरले किच्दा गम्भीर घाइते भएका वालकलाई घटना स्थलमा उपस्थित रेडियो सरगममा कार्यरत संचारकर्मी सियाराम यादवले वालकको उद्धार गरि उपचारका लागि राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा लागेका थिए। इमर्जेन्सी वाडमा डाक्टर रोहितले प्राथमिक उपचार पश्चात वालकको अवस्था हेरी धरान वा विराटनगर लैजान सुझाव दिए पछि थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा नै वालकको ज्यान गएको सहकर्मी यादवले जानकारी दिए। ट्याक्टरका चालक घटना पश्चात फरार भए पनि केहि बेर पछि पक्राउ परेको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुशन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी डा.तापन कुमार दाहालले बताए।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.