शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल आयुर्वेद औषधि व्यवसाय संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न
चैत्र ३१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ३१ - 
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ सिराहा र सप्तरीको संयुक्त प्रथम अधिवेशन सम्पन्न भएको छ । सोमबार भएको नेपाल आयुर्वेद औषधि व्यवसायी संघको जिल्ला स्तरीय अधिवेशनबाट सिराहाका लागि प्रिय रंजन उपाध्या ( मुन्ना जी) र  सप्तरी जिल्लाका लागि बैधनाथ साहको नेतृत्वमा ११-११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सिरहा जिल्ला उपाध्यक्षमा दिनेश कुमार साह, सचिवमा डा.उमेश कुमार साह , कोषाध्यक्षमा विष्णु साह सर्वसम्मत चयन भएका छन् ।  त्यस्तै, सदस्यहरुमा सुनिल कुमार चौधरी, इन्द्र नारायण महतो, ज्योति कला कुशवाहा, सुनिता गुप्ता लगायतका रहेका छन् । त्यस्तै सप्तरीको उपाध्यक्षमा धुरन प्रसाद ठाकुर ,सचिवमा कृष्णा नारायण चौधरी,कोषाध्यक्षमा राज कुमार श्रेष्ठ,सदस्यहरु संजय कुमार दास ,देवकान्त साह,जितेन्द्र प्रसाद चौधरी,पंकज कुमार दास ,राजीव कुमार दास ,अतुल चन्द्र मिश्र र पिंकी माझि पनि सर्व्सह्मतिले चयन भएका छन्।  

अधिवेशनका प्रमुख अतिथि प्रदेश २ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले मधेश भन्दा ठुलो ज्ञानभूमि संसारमा कहिंपनि नरहेको बताउँदै आयुर्वेदिक चिकित्साको सबैभन्दा ठुलो इतिहास मधेशकै भूमिपुत्री  सिताको रहेको जिकिर गरे ।  उनले भने, ‘मावन सभ्यताको सिर्जना भएदेखि नै आयुर्वेद चिकित्सा पद्धतिको शुरुवात भएको हो । तसर्थ यस पद्धति भन्दा पुरानो कुनै पद्धति छैन् ।’ मन्त्री यादवले आम नागरिकमा आयुर्वेदिक औषधीप्रति विश्वास जगाउन औषधी व्यवसायीहरु इमान्दार हुनुपर्नेमा समेत जोड दिए । उनले प्रदेश सरकारले आयुर्वेदिक सेवालाई विस्तार गर्न आवश्यक कानुन, नीति निर्माण गरिरहेको जानकारी दिए । कार्यक्रममा नेपाल आयुर्वेद औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष जंगराज गिरीले मानव विकाससँगै सुरु भएको आयुर्वेद उपचार पद्धतिको लोकप्रियता बढ्दै गएको बताए ।  आयुर्वेद औषधिमा संलग्न व्यवसायीले गुणस्तरीयतामा ध्यान दिनुपर्ने समेत उनले बताए । मेडिकलले नगरेका उपचार आयुर्वेद र योगबाट निको भएको उनको दावी छ । उनले नेपालमा झण्डै चार हजारको हाराहारीमा आयुर्वेदिक औषधि व्यवसायी रहेको बताउँदै आयुर्वेद औषधि व्यवसायीलाई संगठित र एकता गराएर व्यवसायभित्र भएका विकृति तथा विसंगतिको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।  नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश - २  का अध्यक्ष श्याम सुनाद्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्य,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका संचालक    फिरोज शेख, डा.विजय यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए भने। कार्यक्रमको उद्घोषण प्रदेश -२ का उपाध्यक्ष रोहित चन्द्र ठाकुरले गरेका थिए ,भने कार्यक्रमको व्यवस्थापन प्रदेश-२ सचिव रोशन मिश्रले गरेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.