शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डिएसपी दाहाल द्वारा लहानवासी लाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने प्रतिवध्ता
बैशाख १, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख ०१ -
लहान नगरपालिका क्षेत्र भित्र करिव एक महिना देखि लगातार भइरहेको बम काण्ड,लुटपाट तथा डकैती संगै हत्याका घट्नाले त्रसित   व्यापारीहरुले सिरहा जिल्लाका प्रहरी प्रशासनसँग शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन माग गरेपछि सामुहिक कार्यक्रममा लहानका डिएसपी डा. तपन दाहालले लहानवासी लाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने प्रतिवध्ता जनाउदै लहान प्रहरी एकसनमा आउने बताउनु भएको छ। चैत–१ गते मालपोत कार्यलयमा भएको बम बिस्फोटका घटना ,लहान–२३ गाढा चौकमा सुन चाँदी व्यवसायी ४५ वर्षिय प्रदिप विश्वकर्मा बस्दै आएको घरमा पसी गत शनिबार राती करिब १२ बजेको समयमा लुटेराहरुले लाखौ मूल्य बराबरको गरगहना लुट्नुको साथै व्यवसायी विश्वकर्मालाई धारिलो हतियार र गोलि मारी हत्या गरेको घटना , चैत २३ गते लहान –२ मिलनचौक निवासी सविता किराना पसलमा लुटपाट गर्नुको साथै पसल सञ्चालक बिन्देश्वर यादव र उहाँको पत्नी सविता यादवको टाउकोमा रड प्रहार गरेको घटना ,चैत ३० गते लहानको बीच बजारमा रहेको सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा हातहतियार तथा पेस्तोल सहित बेलुकी ६ :३० बजे प्रवेश गरेका डाँकाहरुको समुहले उनका छोरा ,पिता र पत्नीलाई कुटपिट गर्दै करौड़ो मुल्य बराबरको सुनचाँदीका गहना संगै गाडी समेत लुटेपछि लहानका  व्यवसायीहरु असुरक्षित भएपछि सिरहाका प्रहरी प्रशासनसँग शान्ति सुरक्षाको प्रत्याभूति माग गर्दै जिल्ला उधोग वाणिज्य संघ सिराहा लहानको सभा हलमा प्रमुख जिल्ला अधिकारि प्रदिपराज कणेल ,जिल्ला प्रहरी कार्यलय सिरहाका प्रमुख एसपी सुदीपराज भण्डारी , सशस्त्र प्रहरी जिल्ला प्रमुख उपरीक्षक दिपेन्द्र गिरी,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी दाहाल,नगरप्रमुख मुनि साह,जिल्ला उद्योग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य गोलबजारका अध्यक्ष भरत अग्रवाललगायत व्यापारी,बुद्धिजीवी ,नागरिकसमाज, वाणिज्य संघका कार्यसमिति सदस्यहरु लगायत संचारकर्मीको सहभागितामा एक सार्वजनिक कार्यक्रमको आयोजना गरि शान्ति सुरक्षाको माग गरेका हुन्।

कार्यक्रममा वाणिज्य संघका पूर्व अध्यक्ष पवन मुन्धडा, संघका महासचिव अब्दुल करिम,भारत अग्रवाल,बुद्धिजीवी धरणीधर अधिकारि ,संचारकर्मी जिबछ उदासी र फिरोज शेखले वर्तमान परिस्तिथि र ईलाका प्रहरी कार्यलयको अवस्था र प्रहरीको भूमिका बारे जानकारी गराउदै   यस क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति नभए लहानका व्यापारी व्यसायीहरु पलायन हुने जानकारी गराएका थिए। यसै बीच लहानमा घटेका शृङखलावद्ध अपराधिक र लुटपाटका घट्नाहरु नियणत्रण गर्न प्रहरीको सक्रियता बढाउनुको साथै लहान स्थित मालपोत कार्यालयमा भएको बम विष्फोट घटनाका तिन जना आरोपित पक्राउ परिसकेको र एक जना अझै फरार रहेको,त्यस्तै  सुनचाँदी व्यवसायी विश्वकर्मा लाई हत्या गर्ने गिरोहका तिन जना लुटेरा हत्याराहरु पक्राउ परिसकेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी गराँउदै अन्य फरार रहेकाहरुको पनि खोजी कार्य जारि रहेको बताउनु हुँदै अहिले देखि नै लहान प्रहरीको कार्य शैलीमा परिवर्तनको झल्को आभास हुने प्रतिवध्ता जनाउदै आफ्नो व्यापार व्यवसाय निर्धक्क भएर सञ्चालन गर्न उपस्थित सम्पूर्ण लाई आग्रह गर्नुभयो ।

डिएसपी दाहालले मेरो अढाई महिनाको कार्यकाल नबित्दै अपराधिक गतिविधि बढेको महसुस गर्दै उहाले आधा दर्जन ठूला शहरहरुमा पूर्ण शान्ति सुरक्षा कायम गरेर आएको अनुभव सुनाउदै केहि दिनपछि प्रहरीको काम कार्वाही देखेर डिएसपी शरत थापा जस्तै मेरो पनि प्रशंसा गर्नु हुनेछ। यदि म यस क्षेत्रमा शान्ति सुरक्षा दिन असमर्थ भए म आफै लहान छाडने छु। त्यसैले केहि दिन धैर्य गर्नुस अपराधीहरुलाई पातालबाट पनि खोजेर ल्याउन पछि पर्ने छुइन भनि ठोकुवा गर्नु भयो।

यसै बीच जिल्ला प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले आफू सिरहा आए देखि अपराधी घट्नाहरु लाई नियन्त्रण गर्न सक्रिय भूमिका खेलेको विश्वास दिलाँउदै लहान क्षेत्रमा बढेको घट्ना नियणत्रण गर्न उपलब्ध श्रोत र साधनको प्रयोग गरेर शान्ति सुरक्षा दिन प्रहरी लागि पर्ने विश्वाश दिलाउनु भयो। त्यसतै लहान नगरप्रमुख मुनि साहले सडकमा प्रहरी निस्केपछि अपराधीहरु डराउनुपर्ने,प्रहरी प्रशासनमा विचौलिया र अपराधीहरुको साँठगाँठ बढेको हुँदा यस्ता अपराधीक घट्नाहरु त् बढिरहेका छैन्न,यसप्रति प्रहरी प्रशासन सचेत हुनुपर्ने बताउदै डिएसपी शरत  थापा क्षेत्रीले अपनाएको शैलीले लहानमा अपराधिक घटनामा कमि आएको स्मरण गरानु भयो। सडकमा प्रहरीलाई देखेपछि अपराधीहरु लुक्नुपर्नेमा झन् हत्या तथा लुटपाटमा सक्रिय हुनु चिन्ताको विषय भएको बताउदै लहानका प्रतिष्ठित व्यवसायीहरुलाई निरुत्साहित गर्ने गतिविधिहरु रोक्न प्रहरी प्रशासन लाई आग्रह समेत गर्नु भयो।

यसै बीच प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले लहानमा बढेको अपराधी घट्नाहरुलाई पूर्ण रुपमा नियणत्रणमा लिन प्रहरीले योजनावद्ध रुपमा लागि सकेकोले कुनैपनि अपराधी नउम्कने गरी प्रहरी प्रशासन प्रचालित भइरहेकोले ढुक्क भएर व्यापार व्यासाय सञ्चालन गर्न आग्रह गर्दै  डिएसपी दाहाललाई यस क्षेत्रको अवस्था र परिस्तिथिलाई दृष्टिगत गर्दै सालिन र नरमरुख लाई परित्याग गरि बजारमा निस्किदा बाघ बनेर निस्किन निर्देशन दिए। 

यता लहान क्षेत्र भित्र भइरहेको शृङखलावद्ध बम काण्ड,लुटपाट तथा डकैती संगै हत्याका घट्ना प्रति नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) सिरहाको गम्भीर ध्यान आकर्षण भएको छ।  माओवादी केन्द्र सिरहाले  शृङखलावद्ध रुपमा भइरहेको घटना प्रति प्रहरी प्रशासनको काम कर्तव्य प्रति खेद प्रकट गर्दै यस क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन प्रेस -विज्ञप्ति मार्फत जोडदार माग गरेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.