शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दोस्रो चरणको पशु स्वास्थ्य तथा वाझोपन निवारण शिविर सम्पन्न
बैशाख ५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख -५ 
सिरहाको लहान नगरपालिका वडा न . १५ पशु प्रजनन केन्द्र ढोढना सिमल्टोकिको प्राङ्गनमा पशु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि एक दिने नि:शुल्क शिविर सम्पन्न भएको छ। लहान नगरपालिका पशु विकास शाखाको आयोजनामा सम्पन्न दोस्रो चरणको शिविरमा २ सय ५० घर धुरिका पशुुचौपायाको बरिष्ट पशु चिकित्सकहरु बाट स्वास्थ्य उपचार गरिएको पशु शाखा अधिकृत राम कृष्ण यादवले जानकारी दिएका छन्। लहान नगरपालिकाको २४ वटै वडाहरु मध्ये बाख्रा पालनका लागि पोकेट क्षेत्रको रुपमा परिचित लहान -१५ मा शनिबार सम्पन्न शिविरमा ९४४ पशु चौपायाको निशुुल्क मेडिकल उपचार गरिएको छ। जस्मा २०० बाख्रा संगै १५० वटा गाई भैसीको भ्याक्सिनेशन गरिएको छ ,भने ४ वटा बन्ध्याकरण , कृत्रिम गर्भाधान २ वटा , पाठे घरको उपचार २५ वटा, झनक रोगको उपचार ४ वटा, नाम्ले, जुुका, चर्चरे तथा भ्यागुते रोग लागेका ५५९ वटा पशुचौपायाको उपचार गर्नुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको अधिकृत यादवले बताए। शिविरमा आएका पशुचौपायाहरुमा सब भन्दा बढी संख्या बाख्राको रहेको जनाइएको छ। 

 लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा -१७ का वडा अध्यक्ष प्रथमलाल चौधरी ,वडा -१८ का अध्यक्ष मो . शमशेर लगायत त्यस वडाका बुद्धिजीवी लक्ष्मण चौधरी ,शिव नारायण चौधरी ,दुर्गाननद चौधरी लगायत स्थानिय्हरुको उपस्तिथी रहेको थियो। लहान नगरपालिका पशु विकास शाखाको आयोजनामा पशु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि पहिलो चरणको एक दिने नि:शुल्क शिविर  फागुन २९ गते लहान वडा न .२२ जहदी वडा कार्यलयको प्राङ्गनमा शिविर सम्पन्न भएको थियो। जस्मा ७३५ पशुुचौपायाको निशुुल्क मेडिकल उपचार गर्नुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको थियोे।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.