शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
यामाहा किन्दा एक लाख बढीको नगद पुरस्कार
बैशाख १२, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख १२ - 
यामाहा नेपालले नयाँवर्ष २०७८ का लागि ल्याएको प्रवर्द्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) योजना अन्तर्गत सिराहाका एक जना मोटरसाइकल क्रेता लाई एक लाख भन्दा बढीको नगद पुरस्कार परेका छन्। नवउत्सवलाई रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले ल्याएको स्क्र्याच कार्ड मार्फत् ग्राहकहरुले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्ने योजना अन्तर्गत लहानमा अवस्थित एस.एस अटो सेन्टर ( यामाहा शो रुम ) मा जिल्ला सिरहा थल्हा कटहा -५ बस्ने राम प्रकाश यादवले यामाहाको सुलुटो मोटरसाइकल खरिद गर्दा स्क्र्याच कार्ड मार्फत् रु .१०३,९०० को नगद पुरस्कार प्राप्त गर्न सफल भएको एस.एस अटो सेन्टरका संचालक संजिव साहले बताए  । 
संचालक साहका अनुसार नवउत्सवलाई रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै स्क्र्याच कार्ड मार्फत् ग्राहकहरुले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् । ग्राहकवर्गहरुलाई थप सुविधादिने उद्धेश्यका साथ उत्कृष्ट वित्तीय योजनापनि प्रस्तुत गरेको छ । जस अनुसार मोटर साइकलतथा स्कूटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईयामआई सुविधाका साथ पाउन सकिने छ । नयाँ वर्षका प्रवर्द्धनात्मक योजनाका बारेमा जानकारी दिदै साहले भने, ‘कोभिडले २०७७ लाई अत्यन्त कठिन तथा संकुचित वातावरण बनाई दिएको थियो । बितेको त्यो वर्षको कटु अनुभवलाई थाँती राखी यामाहाले नयाँवर्ष २०७८ मा ग्राहक वर्गका लागि उत्साह र खुशीयाली लिएर आएको छ।’ ‘सोही अपेक्षालाई दृष्टिगत गरेर यामाहा नेपालले जुन योजना अघि सारिरहेका छन , त्यसले हाम्रा ग्राहकहरुमा थप खुशीयाली ल्याउने छन् । यामाहा सवारी साधनका दायराहरु आधुनिकरण गर्दै, एफआई प्रविधि जडित छन् । यामाहाका उत्पादन तथा उपहार योजनाबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाईदा लिनहुने छ भन्ने हामीलाई विश्वास छ।’नेपालमा फ्युलइन्जेक्टेड मोटर साइकल र फ्युलइन्जेक्टेड स्कूटरहररु उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्याधुनिक प्रविधियुक्त २ पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको यामाहा नेपालको दावी छ ।

यसै बीच एस.एस अटो सेन्टर ( यामाहा शो रुम ) ले ग्राहकवर्गका लागि २०७८ बैशाख १२ गते देखि १७ गते सम्म एक्सचेन्ज सुविधा समेत संचालन गरेका छन्। एक्सचेन्ज अफर अन्तर्गत कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लाई एक्सचेन्ज गराउदा बजारको प्रचलित  मुल्यान्ग्कन भन्दा थप रु .१५ हजार नगद सहित आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्न पाउने छन्।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.