शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी कर्माचार्य द्वारा लहान प्रहरीलाई मास्क सहयोग
बैशाख १४, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख १४  -
विश्वव्यापी माहामारीको रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस रोगको रोकथाम तथा नियन्त्रणका लागि नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा समाजसेवी संगीता कर्माचार्यले ईलाका प्रहरी कार्यलय लहान,शस्त्र प्रहरी वेस क्याम लहान र जिल्ला ट्राफिक प्रहरी कार्यलयका सुरक्षाकर्मीहरुलाई २ हजार मास्क उपलब्ध गराएकी छिन। ईलाका प्रहरी कार्यलय लहानका प्रहरी प्रमुख (डिएसपी) डा. तपन कुमार दाहाल र शस्त्र प्रहरी वेस क्याम लहानका प्रमुख (डिएसपी) बिनोद कुमार थापा र जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिलाई ईलाका प्रहरी कार्यलय लहानमा पुगी कर्माचार्यले समाजसेवी महेश चौधरी र संचारकर्मी फिरोज शेखको उपस्तिथिमा ईलाका प्रहरी कार्यलय लहानलाई १ हजार ,शस्त्र प्रहरीलाई ५ सय र ट्राफिक प्रहरी लाई पनि ५ सय व्यक्तिगत सुरक्षा सामग्री सर्जिकल मास्क सहयोग गर्नु भएको छ। दिनप्रतिदिन सिरहा जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले रात-दिन नागरिकको सुरक्षाका लागि तत्पर सुरक्षाकर्मी लाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको कर्माचार्यले बताइन।

सुरक्षा सामग्री ग्रहण गर्दै डिएसपी दाहाल र थापाले समाजसेवी संगीता कर्माचार्य र महेश चौधरीलाई धन्यवाद ज्ञापन गर्दै अहिलेको यो जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गरे कोरोनाविरुद्ध लड्न सकिने बताउदै यो महामारीबाट बचन आफ्नो सुरक्षाका साथ-साथै मानवजातिकै सुरक्षाका लागि सरकारले जारी गरेको आवश्यक निर्देशनहरु पूर्णरूपले पालना गर्न सम्पूर्ण लहानवासीमा आग्रह गर्नुभयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.