शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्रयाक्टर दुर्घटनामा चालकको मत्यु
फाल्गुन ९, २०७३ | सरगम खबर समाचारदाता

 

राम नारायण पंडित, सिरहा, ०९ फाल्गुन ।
सिरहामा भएको ट्रयाक्टर दुर्घटना परि चालकको मृत्यु भएको छ । सोमबार अपराह्न मिर्चैया ४ भित्री सडकखण्डमा ज १ त ८९५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा बलाबाखर ४ बस्ने श्रबण यादबको २० बर्षीय छोरा रुपेश यादब रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । ट्रयाक्टर दुर्घटनामा परि घाइते भएका यादबलाई  उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाए ।  मृतक यादबको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाईको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.