शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हतियार देखाउदै लहानमा फेरी लाखौको लुटपाट
बैशाख २८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख २८ - 
सिरहाको लहानमा गए राति फेरी लुटपाट भएको छ। लहान नगरपालिका–१ सिग्राही मटिर्वाको नयाँ वस्तीमा राति लुटपाट भएको हो। स्थानीय ईन्द्र देव ठाकुरको घरमा ७/८ जनाको समूहमा आएका लुटेराहरुले मध्यरात करिब साढे १२ बजे तिर लुटपाट गरेका हुन् । लुटेराहरुले हतियार देखाई करिब ७ लाख बराबरको नगद र गरगहना लुटेर फरार भएको पीडितले बताएका छन्। घरमा डाँका हुने बेलामा घरको सम्पुर्ण सदस्यको मोवाईल नियन्त्रमा लिएर लुटेरा समुहले लुटपाट गरेको ठाकुरले बताए । मोवाईल र धनमाल लुटेर लगेपछि राती नै पिडतले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले फोन गरेर प्रहरीलाई तत्काल जानकारी गराए पछि प्रहरी आएको पिडित ठाकुरले बताए।

सिढीको प्रयोग गरि छतमा चढेर घर भित्र प्रवेश गरी ठाकुरका दुवै छोरालाई कन्चटमा पेस्तौल राखी दराजको साचो लिई दराज भित्र रहेको नगद ६ लाख रुपैयाँ र छोरी बुहारीले लगाएको लगभव २ तोला सुन र २० तोला चाँदी लुटेर लगेको पिडितका छोरा ओम ठाकुरले बताए ।सूचना पाएलगतै ईलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेका छन् । घटनामा संलगन अहिले सम्म कोहि पक्राउ नपरेको र लुटपाटमा संलगन समुहको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहान नगरपालिका क्षेत्र भित्र निरन्तर भइरहेको डकैटी,लुटपाट र चोरीका घटनाले यहाँका स्थानीय त्रासमय बतावारंमा बाचन बाध्य भएका छन्।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.