शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सखुवानन्कारकट्टी गाउँपालिका द्वारा सोलार बत्ती र हाँस वितरण
असाड ७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार ७ - 
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले हालसम्म विजुलि बति नरहेको मुसहर बस्तीमा सोलार बत्ती र जिविको यापनका लागि हाँस वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले करिव १४ घर परिवार मुसहरहरू लाई एक सेट सोलार पाईनल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर र सुइच प्रदान गरेपछि मुसहर समुदाय खुसि व्यक्त गरेका छन्।

 यसै बीच अध्यक्ष यादवले वाडा नं ३ पोर्ताहा मुसहर बस्तीको २५ घर परिवार र वाडा नं २ पटना सोठियाईनका मुसहर बस्तीका २५ घर परिवारलाई बेरोजगारि समस्या सामाधान गर्न घरमै सानो घरेलु व्यापार गरेर जिविकोपार्जन गर्ने उद्देश्यले हाँस, खोर र ५० केजी हाँसको दाना प्रदान गरेका छन् ।

अध्यक्ष यादवका अनुसार हामीले मुसहर समुदायको आय आर्जन हुने किसिमको विभिन्न तालिम संचालन गरेर सीप मुलक काममा लगाएर आर्थिक स्तरमा सुधार ल्याउने प्रयास जारि राखेका छौं । समृद्ध गाउँपालिका बनाउन चौतर्फिरुपाम शिक्षा, स्वास्थ, कृषि, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर विकासको गतिलाई अगाडि बढाएका छौ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.