शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानका समिरले रचना गरेको हिन्दि गीतमा अशोक दर्जी आफ्नो आवाज
भाद्र १४, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ १४ - 
सिरहाको लहान नगरपालिका ५ का चर्चित युवा रचनाकार समिर खानले रचना गरेको हिन्दि गीतमा भाइरल गायक अशोक दर्जीले आफ्नो सुमधुर आवाज दिएका छन्। लहानको विभिन्न मिडियाहरुमा स्रोतको रुपमा निकै चर्चा बटुलेका खानले कतारको वैदेशिक यात्राको क्रममा थुप्रै मैथिली तथा नेपालि गीतहरु रचना गर्दै "अवको क्रममा उनले रचना गरेको हिन्दि गीत पनि चाडै बजारमा आउन लागेका छन्। यो गीत संगै सानै उमेरमा निकै चर्चा पाएका बाल गायक अशोक दर्जी र समिर खानको हिन्दि गीतमा एण्ट्रि हुदैछ।

बिगतका समयमा नेपालि इण्डस्ट्रिका चर्चित संगीतकार र सुमधुर आवाजका धनि टंक बुढाथोकी ले ल्याएको ( मन बिनाको धन ठुलो कि धन बिनाको मन ) मा आफ्नो आवाज दिएर अशोक दर्जी भाइरल बनेका थिए।सानै उमेरमा नै सुमधुर अवाज पाएका कारण उनि खुब चर्चामा आए र अहिले सम्म उनि टंक बुढाथोकी संगको सहकार्यमा धेरै वटा गितहरु गाए र आफै पनि सो भिडियोमा रही भूमिका खेले।टंक बुढाथोकी र अशोक दर्जी को केमिस्ट्रिले गर्दा नेपालि म्युजिक बजारमा मानौ एउटा नया जगतको नै सुरुवात भएको छ। उनीहरुको यो आत्मिय केमिस्ट्रि देखेर हिन्दि गित गाउने अवसर पनि प्रदान भएको छ।

काजल भुजेलको लगानीमा निर्माण भइरहेको " मुझे तेरी याद आती हे माँ " बोलको हिन्दि गितका गीतकार समिर खान रहेका छन् भने संगीत टंक बुढाथोकी ,आवाज अशोक दर्जीको रहेको छ। डिआर सुजनको निर्देशनमा निर्माण भइरहेको यस गीतको म्युजिक भिडिओमा काजल भुजेल , जेनिस र जुलानको अभिनय रहेका छन्। गीतकार समिर खानका अनुसार यो गीत आउदो शुक्रबार भदौ १८ गते सार्वजनिक हुने भएको छ। 

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.