शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वाईवाई जिङ्ग खाँदा शर्मालाई स्कुटर उपहार
आश्वीन ८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज ८ - 
वाईवाई जिङ्ग तयारी चाउचाउमा उपभोक्ता उपहार मार्फत सिरहा लहान नगरपालिका ८ का हरेराम शर्माले स्कुटर प्राप्त गरेका छन् । लहान बजारको शहिद चौकमा विहिबार आयोजित एक कार्यक्रमका बीच वाईवाई जिङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार अन्तर्गत शर्माले प्राप्त गरेको स्कुटरको चावी हस्तान्तरण गरिएको हो। स्कुटर हस्तान्तरण कार्यक्रममा सिजी ग्रुप प्रदेश २ का म्यानेजर संजय मिश्रा, लहान नगरपालिका ८ का वडा अध्यक्ष विजय कुमार महतो, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेख, नुडल्स डिभिजन प्रदेश २ सहायक प्रवन्धक नवल चौहान र प्रदेश १ बजार प्रमुख रबिन्द्र शाक्यले संयुक्त रुपमा प्रदेश २ को वाइवाई जिङ्ग चाउचाउको पहिलो लक्की विजेता शर्मालाई स्कुटरको चावी हस्तान्तरण गरेका थिए। कार्यक्रममा प्रदेश २ का विभिन्न डिस्टिब्युटरका प्रतिनिधिहरु, सिजिका जिल्ला प्रतिनिधिहरु: संजय शिंह, प्रकाश ठाकुर, गोबिन्द दाहाल, आरपी शिंह, नविन मिश्र लगायतका प्रतिनिधीहरु संगै सर्वसाधारणहरुको समेत उपस्थिति रहेको।

'वाईवाई जिङ्ग हरर, स्कुटरमा सरर' नारा सहित गरिएको योजनामा जिङ्ग उपभोक्ताहरुले स्कुटर लगायतका पुरस्कारहरु जितिरहेका छन् ।'वाइवाइ जिङ्ग उपभोक्त योजना' अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय लहानका उपभोक्ता शर्माले बाजि मारेका छन् । वाईवाईले प्रदेश १ का १२ जना विजेता उपभोक्तालाई स्कुटर हस्तान्तरण गरिसकेका छन ,भने प्रदेश २ का पहिलो विजेता शर्मालाई विहिवार स्कुटर हस्तान्तरण गरिएको हो । 'वाईवाई जिङ्ग उपभोक्त योजना' अन्तर्गत अझै धेरै स्कुटरहरुका साथै ट्याब्लेट, स्मार्टवाच, स्केटिङ, साइकल, फुटबल,स्पेनरटप, स्पेनर, लुडो लगायतका पुरस्कार जित्न सकिने म्यानेजर संजय मिश्राले जानकारी गराए । स्कुटर वितरण कार्यक्रमको संचालन  रमेश पौडेलले गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.